एमाले-माओवादी ब्युँताउने फैसलामा पुनरावलोकन नहुँने

१९ चैत्र २०७७, बिहीबार १६:२९

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमति नदिएको हो ।

नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार रिट दायर गरेका थिए । यसअघि फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने फैसला गरेको थियो ।

Next Post

आगामी बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्ने सरोकारवालाहरूको जोड

१९ चैत्र २०७७, बिहीबार १६:२९
काठमाडौँ– आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जनस्वास्थ्यविद्हरुले जोड दिएका छन् । स्वास्थ्य सेवामा सबैको पहुँच पुय्राउन बजेटको आकार फराकिलो बनाउनुपर्नेमा जनस्वास्थ्यविद् डा. शरद वन्त जोड दिन्छन् । अब स्वास्थ्य क्षेत्रको बजेटको आकार बढाएर कम्तीमा १० प्रतिशत पुर्‍याउनुपर्नेमा जनस्वास्थ्यविद्को भनाइ छ । एक पटक आर्थिक वर्ष ०६४/०६५ मा […]