कुन स्थानीय तहमा कसले जिते ? (सूचीसहित)

१६ असार २०७४, शुक्रबार १५:२०

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार अपराह्रनसम्म १९ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता लिएको छ ।
एमालेले एक नगरपालिकासहित ९ स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले ३ स्थानीय तहमा जित हासिल गरेको छ ।

अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा राम्रोसँगै देखिएको छ । अहिलेसम्म सबैभन्दा धेरै ७ नम्बर प्रदेशको परिणाम आएको छ । ७ नम्बर प्रदेशका १० स्थानीय तहको परिणाम आउँदा ७ तह जितेको छ भने कांग्रेसले ३ तह जितेको छ ।

त्यस्तै, प्रदेश नम्बर ५ मा अहिलेसम्म २ स्थानीय तहकाे परिणाम अाएकाे छ । जसमध्ये गुल्मीको गुल्मी दरबार गाउँपालिकामा कांग्रेसले जितेको छ भने रूकुमकाे पुथा उत्तरगंगा गाउँपालिकामा माअाेवादी केन्द्र विजयी भएकाे छ ।

प्रदेश नम्बर १ बाट चार स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमाले र माओवादीले जित बराबरी बाँडेका छन् ।

एमालेले जितेका स्थानीय तह

१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. गौमुल गाउँपालिका, बाजुरा
५. पाण्डवगुफा गाउँपालिका, बाजुरा
६. पञ्चेश्वर गाउँपालिका, बैतडी
७. जन्तेढुंगा गाउँपालिका, खोटाङ
८. रामप्रसाद राई गाउँपालिका, भोजपुर
९. मैवाखोला गाउँपालिका, ताप्लेजुङ

कांग्रेसले जितेका स्थानीय तह

१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सुलिचुङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी

माओवादीले जितेका स्थानीय तह

१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम

Next Post

प्रधानमन्त्री देउवाकाे गृहनगरबाट उपमेयरमा प्रेस चौतारीकी भण्डारी विजयी

१६ असार २०७४, शुक्रबार १५:२०
डडेलधुरा : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाको सदरमुकाम अवस्थित अमरगढी नगरपालिकाबाट प्रेस चौतारी नेपालबाट उपमेयर संगीता भण्डारी विजयी भएकी छन् । डडेल्धुराकी संगीता भण्डारी प्रेस चौतारी नेपालबाट उपमेयर बन्ने पहिलो पत्रकार महिला हुन । प्रेस चौतारी नेपालको गत महाधिवेशनमा डडेल्धुराबाट प्रतिनिधि रहेकी भण्डारी स्थानीय चुनावमा लड्ने आकांक्षाका […]