एमाले-माओवादीविच पार्टी एकीकरण, यस्ता छन् सहमतिका बुँदा

१७ आश्विन २०७४, मंगलवार १५:५६

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्र आगामी चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्न सहमत भएका छन्। यी दुई पार्टीबीच १४ असोजमै ७ बुँदे सहमति भई चुनावी सहकार्यसँगै पार्टी एकीकरण प्रक्रियाका लागि सहमति भएको छ।

दुई पार्टीबीच सहमति भएपछि १५ असोजमा एमाले र १६ गते माओवादीले आफ्नो पार्टीभित्र छलफल गरी मंगलबार सहमतिका बुँदा सार्वजनिक गर्दै छन्। सहमतिको बुँदामध्ये दुई बुँदा हामीले प्राप्त  भएकाे छ ।

ती बुँदाले दुई पार्टीबीचको एकीकरणको लागि दस्ताबेज तयार पार्ने कार्य सुरु भएको स्पष्ट हुन्छ।  बुँदाहरुः ६. एकता प्रकृया पूरा नभएसम्म दुवै पार्टीका केन्द्रीय कमिटी तथा निकायहरु पार्टी एकता संयोजन समितिको मातहतमा यथावत् क्रियाशील रहने। ७. एकीकृत पार्टीको नीति-कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न मस्यौदा कमिटी गठन गर्ने।

यी दस्ताबेजहरु तयार हुनुपूर्व पार्टी एकीकरणको संक्षीप्त घोषणापत्र जारी गर्ने। पार्टी एकीकरणको वैचारिक र सांगठनिक काम पूरा नभएसम्म आ-आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने। तर, पार्टी एकीकरणको आधार सुदृढ बनाउन एक-अर्काप्रति सार्वजनिक रुपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने। पार्टी एकीकरणको यो महान उद्देश्यअनुरुप अगाडि बढ्न आ-आफ्नो पार्टी पङ्तिलाई आह्वान गर्ने।

 

Next Post

बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने !

१७ आश्विन २०७४, मंगलवार १५:५६
काठमाडौं – नयाँ शक्ति पार्टी एमाले र माओवादी केन्द्रको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा सहभागी भएको छ । साथै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् । मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । लगतै एमाले अध्यक्ष ओलीले […]