सैनिक अदालतले द्धन्द्धकालीन मुद्दा बल्झाएको आरोप

२८ कार्तिक २०७५, बुधबार १७:०७

कालिकोट– जिल्लाको शुभकालिका गाउँपालिका ४ का सिँहबहादुर शाही २०५९ सालमा नेपाली सेनामा भर्ना भए । उनि करिव ५ वर्ष नेपाली सेनामा कार्यरत रहे । तर, तत्कालीन द्धन्द्धले गर्दा ठाउँ—ठाउँमा भिडन्तमा परे । सेनामै कार्यरत भईरहेको अवस्थामा धाधिङको चारौचिमा तत्कालीन माओवादीसंग भिडन्तमा परे । दोहोरो भिडन्तमा माओवादीको कव्जामा परेका थिए । हतियारसहित उनि माओवादीको कव्जामा परेपछि उनले ज्यान जोगाउँन आत्मसमरपर्ण गरे । धाधिङको तारादल गणमा कार्यरत उनि माओवादीको नियन्त्रणमा गएपछि छ महिनासम्म सम्पर्क विहिन बने ।

उनले साथमा लिएको हतियार माओवादीलाई सुम्पीएका थिए । तत्कालीन माओवादी उनलाई कार्वाही स्वरुपमा ६ महिनासम्म खाना पकाउने र भाँडाधुने जिम्मेवारी दिएका थिए । छ महिनासम्मको लामो पिडापछि उनि माओबादीको खाना पकाउने मेशबाट रातारात भागेर भारतको कालापहाड पसे ।

भारत गएको उनि दुईबर्ष पछि स्वदेश फर्किए । द्धन्द्धको वेला भारत गएका उनि नेपालमा युद्ध विरामको समयमा घर आएका हुन् । द्धन्द्धको समयमा हतियारसहित भागेको भन्दै नेपाली सेनाले उनलाई सुत्र ऐन अन्तर्गतको मुद्दा चलायो । तर, मुद्दा चलाएको १५ वर्षपछि उनलाई सैनिक अदालतले सर्वस्व जन्म कैदको फैसला गरेको छ । प्रहरीले उनलाई नेपाली सेनाको हेडक्वाटर पुगाएर हाल उनि केन्द्रिय कारागार सुन्धारा छन् ।

छोराछोरी र श्रीमतिको विजोग

यता घरमा उनको श्रीमतीसँग ६ वटा छोराछोरी छन् । ४ छोरा र २ छोरी पालेर वसेकी उनकी श्रीमती सुस्मीता शाहीको अवस्था विजोग छ । जेठो छोरा १२ वर्षको पुग्दा पनि स्कुलमा पढ्न पाएका छैनन् । घरायसी समस्या र गरिबिले थला परेकी सुस्मीतालाई एक छाक टार्न हम्मे—हम्मे हुन्छ । बुधबार पत्रकार सम्मेलन गरेर उनका आफन्तले द्धन्द्धकालीन मुद्दालाई लिएर नेपाली सेनाको अदालतले गरिवलाई पीडा दिएको सुनाए ।

तत्कालीन समयमा मान्छे मारेका हाल देशको उच्च सरकारी पदमा भए पनि गरिबको पहुँच नभएकाले झनै पिडा दिएको सिँहका दाजु नन्दबहादुर शाहीले दुःखेसो पोखे । श्रीमानको जेल चलानले घरपरिवा विक्षिप्त वनेका छन् । द्धन्द्धमा १७ हजार नेपाली ज्यान गयो कयौं घाइते बनेका भए पनि गरिबलाई मात्र कानुन लागेको पीडितको गुनासो छ । जेलमा परेको श्रीमानलाई तत्काल जेल भुक्त गर्न सुस्मीताले सम्वन्धित निकायसँग माग गरेकी छन् ।

Next Post

रास्काेटमा डोजर आतंकले गाउँलेको उठिवास

२८ कार्तिक २०७५, बुधबार १७:०७
कालिकोट-रास्कोट नगरपालिका १ का कलेन्द्र शाही रोजगारीका लागि भारत गएको एक बर्ष भयो । उनले दशैँको वेला घरमा आउने श्रीमतीसँग बचन दिएका थिए । तर, सोचेजस्तो कमाइ नभएपछि उनि दशैँमा घर फर्किएनन् । दशैँको मुखमा श्रीमानको बाटो कुरेर बसेकी उनकी श्रीमती भद्रा शाहीको अनुहारमा खुसी छैन् । एक छोरा र […]