योजनामा अनियमितता गर्नेलाई मुख्यमन्त्री शाहीको यस्ताे चेतावनी

१ भाद्र २०७६, आईतवार १७:५६

दिलिपकुमार शाही – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले योजनामा अनियमिता भएको भएमा आफूलाई सिधा फोनमार्फन जानकारी दिन आग्रह गरेका छन् । मुख्यमन्त्री शाहीले कालिकोटमा ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रममा सम्वोधन गर्दै यस्तो बताएका हुन् । यदि कुनै योजनामा बदमासी गरे कानुनी कार्वाहीको व्यवस्था गर्ने मुख्यमन्त्री शाहीले चेतावनी समेत दिए ।

कार्यक्रममा स्थानीयले मुख्यमन्त्री शाहीसँग राखेको जिज्ञासाको उत्तर दिँदै कुनै पनि प्रदेश, जिल्ला वा सरकारी रकमको दुरुपयोगमा सिधै सम्पर्क गर्न सकिने बताए । जहाँ अनियमितता भएको छ त्यही योजनाको आफुसँग मोवाइल मार्फत गुनासा राख्दा फरक नपर्ने मुख्यमन्त्री शाहीले बताए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार समृद्धिको बाटोमा लम्केकाले कर्णाली प्रदेशमा नागरिकको समस्या र जनताका सबै प्रकार समस्या बुझ्नका लागि मुख्यमन्त्रीसँग हाम्रा कुरा कार्यक्रम संचालनमा ल्याएको बताए । उनले समृद्धिको बाटोमा लम्केका कारणले सुशासन नभई समृद्धि नआउने बताए । सुशासनका लागि नैे कार्यक्रम संचालन गरेका उनले सुनाए ।
कार्यक्रममा स्थानीय राजनीतिक दल र स्थानीयले देश विकासका लागि कर्णाली प्रदेश सरकारले नयाँ नयाँ योजना ल्याउन माग गरेका थिए ।

कर्णाली प्रदेश सरकारले जनताका र समस्या बुझ्नका ‘हाम्मा कुडा मुख्यमन्त्रीसँग’ कार्यक्रमको शुभाराम्भ गरिएको हो । ‘मुख्यमन्त्रीसँग हाम्रा कुडा’ का लागि पैसा नलाग्ने नम्बर पनि संचालनमा ल्याएको छ । १०९६ नम्बरमा कर्णाली प्रदेश जुनसुकै नागरिकले मुख्यमन्त्रीसमक्ष आफ्ना गुनासा तथा जिज्ञासा राख्न पाउने भएका छन् । महिलाहरुको समस्या पनि यो कार्यक्रमले सम्वोधन गरिदिनु पर्ने स्थानीय महिलाले बताएकी छन् ।

Next Post

विमानस्थलमा बर्दीवाल प्रहरीमाथि पारश शाहको लफडा

१ भाद्र २०७६, आईतवार १७:५६
काठमाडौं – पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका एक प्रहरीलाई सार्वजनिकस्थलमै दुर्व्यवहार गरेका छन् । उनले बर्दीमा रहेका प्रहरी नायब निरीक्षकलाई छातीमा धक्का दिएर विमानस्थलको सुरक्षा व्यवस्थालाई गिज्याएका छन् । पारसले विमानस्थलभित्र छिर्ने क्रममा वायाँ हातले प्रहरीलाई धकेलेका थिए । उनको धक्कापछि प्रहरी दुई कदम पछाडि हुत्तिए । प्रहरीलाई धलेकेपछि […]