एमाले रणनीति : माओवादीसँग तालमेलको बहस

४ आश्विन २०७४, बुधबार १३:५९

काठमाडौं – स्थानीय तहको चुनाव सुरु हुनुअघि एमाले नेताहरुले माओवादीलाई निकै कमजोर आँकेका थिए । माओवादीलाई कुनै मतलव नगरे पनि एमाले एक्लै नेपाली राजनीतिको मियो बन्न सक्छ भन्ने सो पार्टीका नेताहरुको बुझाइ थियो ।

तर, तीन चरणमा स्थानीय तहको चुनाव सकिने बेलासम्म आइपुग्दा एमाले नेताहरुको निश्कर्ष गलत सावित भयो । माओवादी सानै भए पनि तेस्रो शक्तिका रुपमा देखा परेको र उसलाई साथ लिएर नेपाली कांग्रेसले आफ्नो सत्ता सुरक्षित गरेको स्थितिप्रति अहिले एमाले नेताहरु चुक्चुकाउन थालेका   छन् ।

दोस्रो चरणको निर्वाचनपछि एमालेले अनौपचारिक समीक्षाका क्रममा कांग्रेस माओवादी तालमेलका कारण कम्तिमा ४० स्थानीय तहमा पराजय भोग्नुपरेको निष्कर्ष निकाल्यो ।

माओवादी किन आवश्यक ?

आगामी दुबै चुनावमा एमाले र कांग्रेसमध्येबाटै पहिलो र दोस्रो दल हुनेमा कुनै आशंका छैन । तर, माओवादीको अहिले जुन पोजिनश देखिएको छ, उसले धेरै प्रदेशमा कसको सरकार बनाउने भन्ने चाबी हातमा लिनेछ । कम्तिमा ५ वर्षका लागि देश हाँक्न कांग्रेस र एमाले दुवैका लागि माओवादीको साथ आवश्यक देखिन्छ ।

केन्द्र र प्रदेशको सरकार गठनमा मात्रै होइन, राष्ट्रियसभादेखि लिएर राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा समेत माओवादी निर्णायक शक्ति हुन सक्छ । त्यसैले माओवादीसँगको तालमेल कांग्रेस र एमाले दुवैका लागि बाध्यात्मक आवश्यकता हो ।

माओवादीको बढ्दो शक्तिले के देखाएको छ भने आगामी चुनावमा या चुनावपछाडि सुरु हुने सरकार गठन प्रक्रियामा कांग्रेस वा एमालेमध्ये जसले माओवादीको साथ लिन्छ, उसैले सरकारको चाबी आफ्नो हातमा पार्नेछ । प्रदेश सभा र केन्द्रीय सभा दुबैमा माओवादीको आवश्यकता कांग्रेस वा एमालेलाई पर्ने देखिन्छ ।

                     माओवादीलाई उपेक्षा गर्दा एमालेलाई घाटा

पहिलो चरणको चुनावसम्म एमाले नेताहरुले माओवादीलाई कुनै हैसियत बोकेको दलकै रुपमा देखेनन् । दोस्रो चरणको स्थानीय चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले कांग्रेससँगको तालमेलले माओवादी सिद्धिने भन्दै आफूसँग तालमेल गरे उसको अस्थित्व रक्षा हुने सार्वजनिक प्रतिक्रिया दिए ।

तर, माओवादीले कांग्रेससँग मिलेर एमालेलाई खुम्च्याउन र आफूलाई तेस्रो शक्तिका रुपमा कायम राख्न दोस्रो चरणको चुनावमा निकै ठूलो भूमिका खेल्यो । कांग्रेससँग नजिकिँदा माओवादीलाई हैन, एमालेलाई चाहिँ घाटा भयो ।

 

Next Post

गृह जिल्ला चितवनबाट चुनाव लड्ने तयारी छ : प्रचण्ड

४ आश्विन २०७४, बुधबार १३:५९
कालिकोट— नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा हुने चुनावमा चितवनबाट चुनाव लड्ने बताएका छन् । आईतवार कालिकोट पुगेका दाहालले २०६४ को संविधान सभाको चुनावमा रोल्पाबाट र २०७० को चुनावमा सिराहावाट चुनाव जितेर दुई पटक देशको प्रधानमन्त्री बनेको बताए । कालिकोटबाट चुनाव लड्ने तयार छ […]