प्रधानमन्त्री देउवाकाे गृहनगरबाट उपमेयरमा प्रेस चौतारीकी भण्डारी विजयी

१६ असार २०७४, शुक्रबार १६:३९

डडेलधुरा : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाको सदरमुकाम अवस्थित अमरगढी नगरपालिकाबाट प्रेस चौतारी नेपालबाट उपमेयर संगीता भण्डारी विजयी भएकी छन् । डडेल्धुराकी संगीता भण्डारी प्रेस चौतारी नेपालबाट उपमेयर बन्ने पहिलो पत्रकार महिला हुन । प्रेस चौतारी नेपालको गत महाधिवेशनमा डडेल्धुराबाट प्रतिनिधि रहेकी भण्डारी स्थानीय चुनावमा लड्ने आकांक्षाका साथ पत्रकारिता छाडेर राजनीतिमा होमिएकी थिइन् ।

शुक्रबार बिहान घोषणा भएको मतपरिणाम अनुसार, काँग्रेसकी उम्मेदवारलाई हराउँदै संगीता उपमेयरमा विजयी भइन् । एमाले उम्मेदवार संगीताले ३५४७ मत ल्याइन् भने काँग्रेसकी पार्वती झुकालले ३३०९ मत ल्याइन् । मेयरमा एमालेकै विपिन ओझा विजयी भएका छन् । ११ वटा मध्ये ८ वटा वडामा संगीताको टिमले जितेको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाको सदरमुकाम अवस्थित अमरगढी नगरपालिकामा नेकपा एमालेले उपमेयरमा युवा महिलालाई अघि सारेपछि युवा पुस्तामा उत्साह बढेको थियो ।

सानै उमेरमा वात्सल्यता दिने आमा गुमाएकी भण्डारी धेरै युवायुवतीको मात्र होइन्, आम अमरगढीबासीको अभिभावक बन्ने अभियानमा जुटेकी थिइन् । आफ्नो वाल्यकाल डडेल्धुराको विकट गाँउ गाँखेतमा विताएकी भण्डारी सानैदेखि पढाईमा अब्बल थिइन् । विद्यार्थीकालमा पढाई र वक्तृत्वकलामा उनले कहिल्यै दोस्रो हुन परेन । उमेरले युवा भएपनि जीवनका धेरै उकाली ओरालीहरु पार गर्दै आएकी थिइन्, उनले ।

बिभिन्न सामाजिक क्षेत्र र अतिरिक्त क्रियाकलाप सदैब पहिलो हुने भण्डारीको राजनीतिक यात्रा कक्षा १० मा पढ्दा देखिनै अनेरास्वबियुमा आबद्ध हुँदै शुरु भएको हो । प्रेस चौतारी नेपाल डडेल्धुरामा आबद्ध भई बिभिन्न तह रही जिम्मेवारी बहन गर्दै आउनुभएकी भण्डारी लामो समयसम्म पत्रकारिता क्षेत्रमा बिभिन्न संचारमाध्यमहरुमा आबद्ध भइन् । उनको नेतृत्व खुबीलाई देखेरै एमालेले अमरगढी नगरपालिकाको अनेमसंघको संयोजकको जिम्मेवारी दिएको थियो ।

Next Post

दुई सय स्थानीय तहको मतगणना सकियोः एमाले पहिलो, कांग्रेस पछ्याउँदै (सूचीसहित)

१६ असार २०७४, शुक्रबार १६:३९
काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले जितको संख्या ५० पुर्याउँदै अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ र संघीय समाजवादी फोरमले एक स्थानीय […]

You May Like