गृहजिल्लामा तरुण दलका महासचिवलाई भव्य अभिनन्दन

६ फाल्गुन २०७३, शुक्रबार ११:५८

कालिकाेट : नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई गृह जिल्ला कालिकोटमा भव्य स्वागतसहित अभिनन्दन गरिएको छ । पोखरामा सम्पन्न भएको नेपाल तरुण दलको महाधिवेशनबाट महासचिवमा सर्वसम्मत निर्वाचित भएका शाहीलाई भव्य स्वागत गरिएको हो । महाधिवेशन सकिएपछि पहिलो पटक गृह जिल्ला कालिकोटमा फर्किएका तरुण दलका महासचिव शाहीलाई कालिकोटवासीले फुलमाला र अभिरले रंगाए । कर्णालीको कालिकोटबाट नेपाली कांग्रेसको प्रमुख भातृय संगठनको महासचिवमा सर्वसम्मत निर्वाचित भएर जिल्ला फर्किएपछि कांग्रेसको जिल्ला कार्य समितीलगायतका भातृय संघ संगठनहरुले स्वागत गरे ।

नेपाल विद्यार्थी संघमा पुर्व केन्द्रिय उपाध्यक्ष समेत भईसकेका शाही तरुण दलको महासचिवमा निर्वाचित हुँदा स्वागत कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ता मात्र नभई सवैजसो दलका नेता कार्यकर्ताले बधाई प्रकट गरे । गएको २०७० सालको संविधान सभाको निर्वाचनमा कालिकोटबाट प्रत्येक्ष तर्फको उम्मेद्वार समेत भएका शाही तरुण दलको महासचिवमा निर्वाचित भएर जिल्ला पुग्दा सवैका अनुहार खुसी देखिन्थे । संविधान सभाको प्रत्यक्ष उमेद्वारबाट प्राजय भए पनि कालिकोटको साथ र मायाले तरुण दलको महासचिवमा निर्वाचि भएको महासचिव भुपेन्द्रजंग शाहीले बताए ।

स्वागत तथा अभिनन्दन कार्यक्रममा सम्वोधन गर्दै शाहीले भने,‘ म कांग्रेसको मात्र नेता हैन । गत संविधान सभाको वेला ९ हजार जनताले मलाई भोट दिएकाले कालिकोटे सवै जनताको नेता हुँ ।’ उनले थपे,‘ भावि हुने निर्वाचनमा आफुले पार्टी र जनताको विश्वास जितेमा फेरी पनि उम्मेद्वार हुन सक्छु । यदि म बाहेक अन्य पार्टीका नेताले उमेद्वारको टिकट लिए पनि सहयोग गर्छु ।’ महासचिव शाहीलाई स्वागत गर्न स्थानीय उड्के नाचसहित बाजागाजा,फुलमाला र अभिरले सदरमुकाम मान्म बजार रंगीएको थियो ।

Next Post

कालिकोटमा सानिमा बैंक शाखा

६ फाल्गुन २०७३, शुक्रबार ११:५८
कालिकाेट : जिल्लामा सानिमा बैंकको शाखा उद्घाटन गरिएको छ । ४४ औं शाखको रुपमा शुक्रवार जिल्लाको सदरमुकाम मान्ममा स्थापना गरिएको हो । बाणिज्य बैंकको रुपमा कारोबार गर्दै आएको सानीमा बैंकको शाखामा ‘एटियम’ सहितको सुविधा छ । बरिष्ठ कलाकार हरिवंश आचार्यले रिबन काटेर उद्घाटन गरेका छन् । बैंकको उद्घाटन गर्दै प्रमुख […]