कालिकोट– एनआइसी एशिया बैंकले धनबर्षा मुद्धती खाता सुरु गरेको छ । बैंकले फागुन अन्तिम साताबाट यो खाता सुरु गरेको हो । एनआइसी यसिया बैंकका साहायक प्रमुख कार्यकारी अधिकृत एवं सुचना अधिकारी सुधिर पाण्डेद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै धनबर्षा मुद्दती खाता संचालनमा ल्याइएको उल्लेख गरिएको छ ।
देशभर १८० वटै शाखामासंचालनमा ल्याएर कार्यान्वयनम आउने गरी व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी धनबर्षा मुद्दती खाता ल्याएको विज्ञप्तीमा सार्वजनिक गरिएको छ । एक वर्षे मुद्दती खाता योजना धनवर्षा मुद्धती खाता कालिकोटमा पनि सञ्चालनमा ल्याएको शाखा प्रबन्ध उजिरसिंह भण्डारीले बताए ।
एक बर्ष अवधीको उक्त मुद्दती खातामा खातामा वार्षिक १२ प्रतिसत मासिक व्याज भुक्तानी गर्न सकिने भएको छ । देशका जुनसुकै शाखाबाट मुद्धती खाता खोल्न सकिनुका साथै मुद्दती रसिदको धितोे मौज्दातको आधारमा ९० प्रतिसत सम्म कर्जा समेत उपलव्ध गराउन सकिने बैंकले सार्वजनिक गरेको छ ।
शुरुवातमा यस ’धनवर्षा मुद्दती’ योजना व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याएको हो । यस योजना अन्तर्गत भएको उत्साहजनक निक्षेप संकलनलाई मध्यनजर गर्दै संस्थागत ग्राहकहरुलाई समेत उपलब्ध गर्ने निर्णय बंैकले गरेको बिज्ञप्तीमा उल्लेख छ । यो योजना अन्तर्गत सरकारी तथा सरकारी स्वामित्वमा रहेका संस्था एवम् संस्थानहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम् संस्थान मातहत संचालित कोषहरु र पब्लिक लिमिटेड कम्पनीहरु बाहेकले खाता खोल्न सक्नेछन् । यस योजना अन्तर्गत प्रदान गरिने १२ प्रतिशत व्याज दर समग्र बैंकिङ्ग क्षेत्रमै प्रदान गरिएको उच्च व्याज दर मध्ये पर्दछ । एक वर्ष मुद्दती खातामा प्रदान गरिने अहिलेको अवस्थाको औसत व्याज दर भन्दा निकै बढी हो ।
मासिक व्याज भुक्तानीले गर्दा ग्राहकहरुको दैनिक आवश्यकता पूर्ति गर्नका लागि मासिक रुपमा नियमित नगद प्रवाह हुनेहुँदा ग्राहकवर्ग माझ अझ लोकप्रिय बनेको छ । सीमित अवधिका लागि धनवर्षा मुद्धती खाता हुँदा ग्राहकहरुलाई समयमै खाता खोली आफ्नो वचतमा उच्च व्याजदर प्राप्त गरी सुरक्षित रहन समेत बैंकले आग्रह गरेको छ ।