आँखाको उपचारका लागि आर्थिक सहयोगको अपिल

२३ जेष्ठ २०७४, मंगलवार १०:१७

कालिकोट जेठ २३ गते । कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ७ पुच्छेगाउँकी ४ बर्षिया मन्सरा लुवार अहिले छोरी भएर जन्मिनुको उपहास भोगीरहेकी छिन् । २०७० साल बैशाख १० गते बुवा रने लुवार, आमा रन्जना लुवारको कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी मन्सरा आफ्नो आखाँमा लागेको चोटको समयमै उपचार नपाउदा अहिले मर्न न बाँच्नुको दोसाधमा छिन् ।

छ महिना पहिले मन्सराको दाँया आँखामा लागेको चोटको घाउ बल्झिएर अहिले क्यान्सरमा परिणत भएको छ । अहिले उनको ध्यान बचाउने अन्तिम विकल्प भनेको आँखा काटेर फाल्नु मात्र रहेको जिल्ला आखाँ उपचार केन्द्र कालिकोटका इन्चार्ज डबल अधिकारीले बताए ।

पाँच महिना पहिले यिनै विरामी मन्सरालाई जिल्ला आँखा उपचार केन्द्रमा ल्याउदा उतिखेरै आफुले बच्चीको आँखा जटिल भैसकेको र उनलाई पोखरा तिर उपचारको लागि रिफर गरिदिन्छु भन्दा उपचार खर्च छैन भन्दै सामान्य औषधी लिएर घरतिरै लागेको आँखा उपचार केन्द्र ईन्चार्ज अधिकारीले बताए ।

विरामी छोरीको स्वास्थ्य अवस्था अन्तिम स्थीतिमा पुगेपछि उपचार सहयोगका लागि अहिले हारगुहार गर्दै बुवा रने लुवारले सदरमुकाम मान्ममा आएर सबैलाई अपिल गरेका छन् । यता जिल्लामा रहेका विभिन्न सरोकारवाला लगायत नागरिक समाजका अगुवाहरुले बच्चीको थप उपचारको लागि सहयोग जुटाउन सानिमा बैंक शाखा कालिकोटमा छोरीको नाममा ०४४००००००१०० को खाता खोलि सार्बजानिक गरेका छन् ।

देश तथा विदेशमा रहेका नेपाली तथा दातृनिकायहरुलाई निर्दोश बालिकाको ज्यान जोगाउनका लागि आर्थिक सहयोग गरिदिन आग्रह समेत गरेका छन् । बालिकाको थप उपचार स्याहारका लागि फुकोटकै स्थानीय कालिबहादुर महतारालाई जिम्मेवारी दिइएकाले विस्तृत जानकारीका लागि सम्पर्क नं. ९८४८३०७१७३ मा सम्पर्क गर्न पनि सबैलाई आग्रह गरिएको छ ।

Next Post

माओवादी किन आफै लाग्दैछ शुन्यको यात्रामा

२३ जेष्ठ २०७४, मंगलवार १०:१७
रमेश रावल- माओवादी शान्ति सम्झौतापछिका ०६५ सालसम्मका ३ बर्ष यति लोकप्रिय भयो की नेपालमा देशमा माओवादीले जनयुद्धले भन्दा शान्तिपुर्ण ढंगले कब्जा गर्न सक्छ भन्ने सबैलाई लाग्यो । जनता पनि निकै उत्साहित र निकै आशावादी भए । तर, बिडम्बना प्रचण्ड प्रधानमन्त्री भएपछि साना साना कुराको आलोचना भयो । माओवादीका बिभिन्न गतिबिधिको […]