कालिकोट: रफत संचार क्लव कालिकोटको अध्यक्षमा गोरखापत्रकर्मी बिस्नतप्रसाद न्यौपाने सर्बसहमत निर्बाचित भएका छन् । कालिकोट जिल्ला स्थित बिभिन्न संचार माध्ययममा कार्यरत पत्रकारहरुको एक भेलाले गोरखापत्रकर्मी न्यौपानेको नेतृत्वमा ९ सदस्य कार्यसमिति गठन गरेको हो ।
भेलामा क्लवको उपाध्यक्षमा रेडियो चंखेली एफएमका समाचार प्रमुख बिश्वनाथ पसम्खाडा, सचिवमा रेडियो मालिका एफएमका कार्यक्रम प्रस्तोता रमेश बोगटी, सह सचिवमा रेडियो नेपाली आवाजका कार्यक्रम प्रस्तोता कर्ण कुमाल, कोषध्यक्षमा रेडियो नयाँ कर्णाली एफएमका कार्यक्रम प्रस्तोता रोजिना रावल र सदस्यहरुमा रेडियो चंखेली एफएमका लक्ष्मी तिमिलसेना, रमेश सुनार, रेडियो मालिका एफएमका पुष्पराज भट्टराई, साधना शाही चयन भएका छन् ।
रेडियो नयाँ कर्णाली एफएमका स्टेशन म्यानेजर भरतराज बिष्ट, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी, रिपोर्टस क्लव नेपाल कालिकाेटका अध्यक्ष लंकराज धमाला, रेडियो चंखेली एफएमका स्टेशन म्क्यानेजर दिलीपकुमार शाही लगायतका पत्रकारहरुको सहभागीता रहेको थियाे । भेलामा जिल्लामा संचार अभियानलाई थप प्रभावकारी बनाउन रफत संचार क्लव कालिकोटले बिभिन्न कार्यक्रमहरु गर्ने अध्यक्ष न्याैपानेले बताए ।