हेम सरिताबाट खोज पत्रकार गाउँलेसहित ४ जना पुरस्कृत हुने

२३ जेष्ठ २०७५, बुधबार १७:१४

काठमाडौं – हेम सरिता फाउण्डेसनले हरेक वर्ष प्रदान गर्ने पत्रकारिता र संगीत पुरस्कारबाट सन् २०१८ मा सम्मानित हुने पत्रकार तथा कलाकर्मीको नाम सार्बजनिक गरिएको छ । जस अनुसार टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई पुरस्कृत गरिने भएको छ । यो पुरस्कारको राशी दुई हजार अमेरिकी डलर रहेको छ ।

यसैगरी पाँचसय अमेरिकी डलरको टंकप्रसाद रमादेवी साधना पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वमहासचिव तथा कञ्चनजंघा एफएम झापाका पत्रकार चन्द्र भण्डारीलाई पुरस्कृत गरिने भएको छ ।

यस्तै पाँचसय अमेरिकी डलरको टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कारबाट थाहाखबर डटकममा कार्यरत दाङकी देविका घर्तीमगरलाई पुरस्कृतगरिने भएको छ । यसैगरी यस बर्षको हेम सरिता संगीत पुरस्कारबाट वरिष्ठ कलाकार जेवी टुहूरेलाई सम्मान गरिने भएको छ । निणर्ायक समितिका संयोजक तीर्थ कोइरालाले जानकारी दिएका छन् ।

अमेरिकामा व्यापार व्यवसायमा संलग्न हेम पाठक र सरिता पाठकले स्थापना गरेका हेम सरिता फाउण्डेसनले काठमाडौंको उत्तरी क्षेत्रमा रहेको घुमारचोकस्थित उग्रतारा माध्यमिक विद्यालयको भवन निर्माणमा सहयोग गरी कक्षा आठदेखि दशसम्म निजी खर्चमा सञ्चालनगर्दै आएको छ । सोही क्षेत्रमा विपन्नहरुका लागि दशवटा आवास पुनर्निर्माण एवं जीविकोपार्जनका लागि कोष खडा गरी सामाजिक काम गर्दै आएको जनाएको छ ।

Next Post

2075-02-23

२३ जेष्ठ २०७५, बुधबार १७:१४
[3d-flip-book id=”2658″ mode=”fullscreen” title=”false” template=”short-white-book-view” urlparam=”fb3d-page”]