बामदेवलाई प्रतिनिधिसभामा लैजाने सचिवालय बैठककाे निर्णय

२० बैशाख २०७७, शनिबार २०:५०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।

साथै सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसअघि वैशाख २४ गते स्थायी कमिटी बैठकको लागि आवश्यक तयारीका लागि सचिवालय बैठक बोलाइएको पनि बताए । सचिवालय बैठकले स्थायी समिति बैठकको एजेण्डा तय गर्नेछ ।

यसअघि नेकपाभित्र विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक बोलाउन पार्टीमा दवाव बढेको थियो । पार्टीका २० स्थायी समिति सदस्यले त्यसका लागि अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई पत्र समेत बुझाएका थिए ।

Next Post

पलाँता गाउँपालिका अध्यक्ष बम माथि आक्रमण, स्थिति तनावग्रस्त

२० बैशाख २०७७, शनिबार २०:५०
कालिकोट– पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम  र उनकि श्रीमति गाेरिकला बम माथि आक्रमण भएकाे छ । पलाँता गाउँपालिका अन्य जनप्रतिनिधिले अध्यक्ष बमलाइ कुटेर घाइते  बनाइएकाे प्रहरीले जनाएकाे छ । पलाँता गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा वडा अध्यक्ष भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्ष विष्णु रोकाया र […]