पत्रकारका नेता यस्तो खेल खेल्दैछन् अध्यक्ष पदको बाजी मार्न

१० फाल्गुन २०७३, मंगलवार ११:४५

कालिकोट: देशभर नेपाल पत्रकार महासंघका शाखाहरुमा अधिवेशन भईरहेका वेला कालिकोटमा पनि अधिवेशनको माहोल तातेको छ । अधिवेशन पश्चात नेतृत्व हात पार्न प्रेस संघ संगठन लागि परेका छन् । फागुन २६ गते उद्घाटन हुने चौंथो जिल्ला कार्य समितीको अधिवेशनबाट अध्यक्षलगायतका पद धेरैजसोले ताकिसकेका छन् । अधिवेशन कसरी सम्पन्न गर्ने भन्दा पनि कुन पद कसरी हात पार्ने होला भन्ने अटकलबाजीमा पत्रकार छन् ।
नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालीबहादुर मल्ल जिल्ला कार्य समितीबाट १२ बर्षपछि हात धुने भएका छन् । दुई कार्यकाल सचिव र दुई कार्यकाल अध्यक्ष भएका मल्ल १२ बर्षपछि शाखाको नेतृत्वबाट बाहिरीने पक्का हुँदा अली निराश छन् । फेरी पनि अध्यक्ष हुने सोचमा निराश नभएर पद जाने निश्चित भएपछि कुनै विरानो संसारमा जादैँछुकी भन्ने उनको महसुस भएपछि उनि निराश भएका हुन । दोस्रो र तेस्रो जिल्ला अधिवेशनमा निकै सकृय भएर अध्यक्ष पदको बाजी मारेका मल्ल चौथो अधिवेशनमा मौन छन् । जिल्लामा १२ वर्ष कुर्दाकुर्दा दिक्क भएका मल्लले अव केन्द्र ताकेका छन् ।

जिल्लामा अध्यक्ष पद जसले लिए पनि हुन्छ भन्ने मनस्थिती मल्ल छन् । तेस्रो जिल्ला अधिवेशनबाट जिल्ला कार्य समितीका उपाध्यक्ष पदमा निर्वाचित पवित्रकुमार शाहीको अनुहार पनि त्यती खुसी देखिन्न । किनकी उपाध्यक्ष पदपछि अध्यक्ष हुने दाउमा थिए उनि । पत्रकार तुलाराम पाण्डेको अध्यक्ष वन्ने चाल थापाएपछि पवित्र खुसी छैनन् । केन्द्रले रातारात विधानमा सदस्यता लिएको सात बर्ष भएकाले मात्र अध्यक्ष हुन पाउँने भनेर निर्देशन दिएकै थियो तर त्यसैमा पाण्डेले नछोड्ने देखेपछि शाही सेलाएका हुन । विधानले गर्दा संकटमा परेका शाही अन्तत सर्वसम्मतको प्रयासमा जुटेका छन् । सर्वसम्मतबाट पनि संभावना कम देखेको उनि बताउछन् । महासंघका वर्तमान उपाध्यक्ष प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष पनि हुन् । सर्वसम्मतका लागि महासंघमा सिफारिस गर्न पनि उनलाई समस्या छ । महासंघको अध्यक्ष हुन प्रेस चौतारीको अध्यक्षले आफैलाई कसरी निर्णय गरुन् ।

युनियनका भट्टराईको गोप्य खेल

पत्रकार महासंघमा विगतदेखि नै प्रेस चौतारीले जरा गारेपछि ति जरा उखाल्ने पक्षमा अन्य प्रेसका संगठनहरु सकृय देखिन्छन् । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य खगेन्द भट्टराई जिल्लाको अध्यक्ष हुन कम महेनत गरेका छैनन् । उनले जिल्लाका विभिन्न ३० गाविसमा घर भएका पत्रकारहरुको नालीवेली अध्ययन गरिसकेका छन् । बाजि आफुतिर पार्न रातदिन सकृय भएका भट्टराईको गोप्य खेल सार्वजनिक भएपछि प्रेस चौतारी सजक भएको छ । जिल्लामा रहेका कृयासिल पत्रकारका संगठनहरुलाई एक—एक गरी भेटेर अध्यक्षको चाँचोमा लागेका भट्टराई पनि विस्ताररै सेलाउन थालेका छन् । जिल्लामा विगतदेखि नै बाहुलियता रहेको प्रेस चौतारीलाई टुक्रा—टुक्रा बनाएर भए पनि युनियनबाट अध्यक्षको बाजी मार्ने उनको सोच बदलिदै गएको छ । चुनावी मैदानमा हुम्मीएपछि आफुभन्दा पनि संगठन नै धरावमा जाने संभावना बढेपछि फेरी उनले सहमतीको खेल सुरु गरेका छन् । अर्का अध्यक्ष पदका आकांक्षी तुलाराम पाण्डे पनि कम छैनन् ।

पत्रकार महासंघ स्थापन हुँदा तर्दथ समितीको अध्यक्ष र प्रथम अधिवेशनबाट पनि अध्यक्ष भईसकेका हुन् । दुई पटक अध्यक्ष भइसकेका पाण्डेको फेरी अध्यक्ष हुने मन मरेको छैन । प्रेस चौतारीमा अधिकांसको विधानले अध्यक्ष हुनबाट चुव लगाएपछि उनि फेरी अध्यक्षको बाजी मार्न निकै कसिएका हुन् । सर्वसम्मत भन्दा पनि चुनावी मैदानमा गए मज्जाले रमाउने देखिन्छन् पाण्डे । प्रेस चौतारीबाट नै आफु बाहेक अरुको विकल्प नभएको उनेको दावी छ । प्रेस चौतारीमा अध्यक्ष हुन योग्य ठहरिएका अर्का अनन्त बरालको भने सामान्य डर मानेका छन् । चौतारीमा एउटै प्यानल भएकाले पनि पाण्डे बरालबाट कम डराएका हुन । पाण्डे भन्दा पनि बराल निकै खटिएका छन् । बर्षौ बर्षसम्म सुनसान देखिने अनन्त बराल पत्रकारको अधिवेशन आएपछि पाण्डेको विरुद्धमा हंगामा मचाईरहेका छन् ।

धमालाको विधानमा हमला

पाण्डे भन्दा पनि आफु बलियो अध्यक्षको उम्मेद्वार हुँ भन्ने कृष्णराज धमाला पनि थलिएका छन् । विधानले ७ वर्ष भनेपछि उनि थलिएका हुन । रातारात विधान संशोधन भएपछि धमालाको विधानमै हमला भईरहेको छ । पेशाको हिसावले १५ बर्ष बढी पत्रकारिता गरिसकेका धमालाको सदस्यता लिएको ६ बर्ष मात्र पुगेको छ । अध्यक्षको मेसो मिलाएका धमालालाई विधानले वाक्कदिक्क बनाएको छ । विधानले नराम्रो संग धोका दिएपछि उनि पनि सर्वसम्मत कै दाउँ हेरिरहेका छन् ।

Next Post

संविधान संशोधनविरुद्ध एमाले उभिने, आवेशमा नअाउन ओलीको निर्देशन

१० फाल्गुन २०७३, मंगलवार ११:४५
काठमाडौं- नेकपा एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा उभिने भएको छ। संसद सुरु हुनु भन्दा अगाडी बसेको पार्टीको संसदीय दलको बैठकले प्रस्तावको सालिनतापूर्वक विरोध गर्ने निर्णय गरेको छ। अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव गैर संवैधानिक भएकाले कुनै पनि हालतमा पारित हुन नसक्ने र हुन नदिइने बताउँदै एमाले सहितका नौ दलको निर्णयपछि […]