सहमति भए छोटो समयभित्र चुनाव हुन्छ :सभापति देउवा

१५ माघ २०७३, शनिबार १४:११

नेपालगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्ने बताए ।

सभापति देउवाले सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै दलहरुबीच सहमति बन्यो भने छोटो समयभित्र पनि निर्वाचन हुनसक्छने धारणा राखे । उनले संविधान संशोधन प्रस्ताव निर्वाचन अघि पनि पारित हुनसक्ने तर, त्यसो भएन भने प्रक्रियामा राखेर निर्वाचन जसरी पनि गराउने स्पष्ट पारे ।

उनले पार्टी अहिले एक ढिक्का भएर सङ्गठन विस्तारमा लागिरहेको बताए । स्थानीय निकायको निर्वाचनमा आप्mनो दलले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले यसका लागि पार्टीपङ्क्ति अहिले सङ्गठन विस्तारका लागि सक्रिय रहेको बताए ।

Next Post

दिल्लीका मुख्यमन्त्री केजरिवालविरुद्ध एफआइआर आदेश जारी

१५ माघ २०७३, शनिबार १४:११
दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालविरुद्ध एफआइआर आदेश जारी भएको छ । विधानसभा चुनावका बेला आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले उनीविरुद्ध एफआइआर आदेश दिएको हो । चुनावका बेला केजरिवालको भाषण विवादीत बनेको थियो । उनले त्यतिबेला कांग्रेर र भारतीय जनता पार्टीसँग पैसा लिए पनि भोट आफूलाई […]