कालिकोट : प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्ल सम्मानित भएका छन् । १० औँ गणतन्त्र दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मल्ल सम्मानित भएका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद समेत रहेका मल्ललाई जिल्ला न्यायधिश केशवराज पाण्डेले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । लोकतान्त्रीक गणतन्त्र स्थापनाको लागि चलेको आन्दोलनका क्रममा समाचारको माध्यमवाट महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रका प्रमुख अतिथि समेत रहेका जिल्ला न्यायधिश पाण्डेले फुलमाला र अभिर ग्रहण गरेर सम्मानित गरेका थिए ।
कार्यक्रममा लोकतान्त्रीक गणतन्त्र प्राप्तीको लागि योगदान पुगाउने एमाले नेता एवम सांसद तुलाराज बिष्ट, कंगे्रसका नेता अम्मवहादुर शाही, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य जयकृष्ण संज्याल, नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दवहादुर शाही, माओवादी केन्द्रकी ऐना शाहीलाई समेत सम्मानित गरएको थियो । १० औँ गणतन्त्र दिवस जिल्ला मुल समारोह समितिका संयोजक तथा निमित्त स्थानीय विकास अधिकारी चक्रवहादुर शाहीको अध्यक्षतामा संचालन गरिएको थियो ।