सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरपालिका–६ को सिटी बसपार्क तोडफोड भएको छ । आइतबार युवाहरुको समूहले सिटी बसपार्क तोडफोड गरेका हुन् ।
युवाहरुको समूहको तोडफोडबाट सीटी बसपार्कमा रहेका झ्याल र ढोकाहरुमा क्षति पुगेको छ ।
सिटी बसपार्क तोडफोडबाट टिकट काउन्टर भवनको मुख्य ढोकासहित आधा दर्जन झ्यालहरुको सिसामा क्षती पुगेको वीरेन्द्रनगर नगरपालिकाका नगर नियमनकर्ता टंकप्रसाद आचार्यले बताए । ‘तोडफोडबाट झण्डै तीन लाखको क्षती पुगेको छ ।’ उनले भने,‘तोडफोड कारण खुलेको छैन् ।’
सिटी बसपार्क तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर–६ का लोमन थापा र वीरेन्द्रनगर–१० का सुरेश वोगटी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक एवम् अनुसन्धान अधिकृत भरत शाहले बताए ।
‘तोडफोडमा संलग्न एक जना फरार छन् उनको पहिचान खुलेको छैन् ।’ उनले भने । सिटी बसपार्क तोडफोड गर्नुको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सिटी बसपार्क संचालनमा ल्याउने तयारी गर्दै गर्दा तोडफोड भएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।