पोखरा-लेखनाथ महानगरपालिकामा मेयर-उपमेयर एमाले विजयी

१२ जेष्ठ २०७४, शुक्रबार ११:०९

कास्की- पोखरा-लेखनाथ महानगरपालिकमा एमालेका मानबहादुर जीसी मेयरमा निर्वाचित भएका छन्। उनले ६० हजार १ सय १८ मत ल्याइ विजयी भएका हुन्। उपमेयरमा पनि एमालेकै मन्जु गुरुङ निर्वाचित भएकी छन्। उनले ५६ हजार ४ सय ४८ मत ल्याएकी हुन्।

गाउँ समिति सदस्यबाट राजनीतिमा प्रवेश गरेका उनी अहिले एमालेको वैकल्पिक केन्द्रीय सदस्य छन्।
कुँवरका निकतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका छन् भने गुरुङका निकतम प्रतिद्वन्द्वी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत प्राप्त गरेकी छन्।

कास्की कालिकामा जन्मिएका जिसीले ३७ वर्षको उमेरमा राजनीतिमा लागेका थिए। गाउँ समिति सदस्यबाट राजनीतिमा प्रवेश गरेका उनी अहिले एमालेको वैकल्पिक केन्द्रीय सदस्य छन्।

Next Post

निर्वाचन मत परिणाम: कहाँ कसले मार्‍याे बाजी ?

१२ जेष्ठ २०७४, शुक्रबार ११:०९
कालिकोट—दुई दशकपछि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा यहाँका नागरिकले उत्साह पुर्वक मतदान गरे । राजनीतिक दलमा पनि निकै रौनकता छायो । जिल्लामा रहेका ३ नगरपालिका र ६ वटा गाउँपालिका गरी ९ स्थानीय तहमा कसले कति जित्ला भनेर अड्कल बाजी भयो । अन्ततः मत परिणाम सार्वजनिक हुँदा माओवादी पहिलो एमाले दोस्रो […]