चुनाव गर्न गृह मन्त्रालयले सुरक्षा तयारी सुरु गर्‍यो

१० फाल्गुन २०७३, मंगलवार ०३:४२

१० फागुन, काठमाडौं । सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारी थालेको छ।

‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘मंगलबारदेखि नै हामी तयारीमा लाग्नेछौँ । जसरी ०७० मा निर्वाचन भएको थियो, त्यसैगरी अबको निर्वाचन शान्तिपूर्ण गर्न हामी तयार छौँ ।’

निर्वाचनको सुरक्षा रणनीति तथा कार्यनीतिबारे थप छलफल गर्न गृहले मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसहितको सुरक्षा बैठक बोलाएको छ । तत्काल एकीकृत सुरक्षा योजना बनाएर लागू गरिने गृहका अधिकारी बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

स्थानीय निर्वाचनका लागि सुरक्षाकर्मी अपुग हुने भएकाले म्यादी प्रहरीसमेत भर्ना गर्नुपर्ने हुन्छ । यसको प्रक्रिया तत्काल सुरु गर्न लागिएको गृहले जनाएको छ।

Next Post

वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

१० फाल्गुन २०७३, मंगलवार ०३:४२
काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले भने, वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको चुनाव हुन्छ ।’ चुनाव […]