प्रदेश ६ मा पहिलाे पार्टी एमाले, कांग्रेस–माओवादी बराबर

११ जेष्ठ २०७४, बिहीबार १५:२९

कालिकाेट : पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश ६ का दस जिल्लामा एमालेले सबैभन्दा धेरै २७ तह जितेको छ । यी जिल्लाका ७९ स्थानीय तहमध्ये कांग्रेस र माओवादी केन्द्र भने बराबरी हैसियतमा देखिएका छन् । यी दुई पार्टीले २५र२५ तहमा प्रमुख पद जितेका छन् । डोल्पाका दुई गाउ‘पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

राप्रपाले डोल्पाको ठूलोभेरी नगरपालिकाको उपमेयर र एक गाउ‘पालिका उपाध्यक्षमा चित्त बुझाएको छ । डोल्पाको डोल्पोबुद्धमा पेम्बा गुरुङ र काइकेमा सोनाङ गुरुङ स्वतन्त्र निर्वाचित भएका छन् । रुकुम र डोल्पामा कांग्रेसका कुनै पनि उम्मेदवारले गाउँपालिका र नगरपालिका प्रमुख, उपप्रमुख पद जित्न सकेनन् । त्यस्तै, रुकुममा एमालेका कुनै उम्मेदवारले प्रमुख पद जित्न सकेनन् ।

माओवादी केन्द्रले सुर्खेत, मुगु र दैलेखमा एउटै पनि प्रमुख पद जित्न सकेन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा कांग्रेसका देवकुमार सुवेदी र उपप्रमुखमा एमालेकी मोहनमाया ढकाल निर्वाचित भए । ६ स्थानीय तहमा कांग्रेस उम्मेदवारले प्रमुख पद जिते । कांग्रेस वीरेन्द्रनगरसहित भेरीगंगा नगरपालिका, पञ्चपुरी नपा, गुर्भाकोट नगरपालिका, बराहताल, चिङगाडमा विजयी भयो ।

एमालेले लेकबेंसी, चौकुने र सिम्तामा जितेको छ । रुकुमका ३ नगर र ३ गाउँपालिका सबै माओवादी केन्द्रले जित्यो । मुसिकोट नगरपालिकामा देवीलाल गौतम मेयरमा विजयी भएका छन् । केन्द्रले चौरजहारी र आठबिसकोट नगरपालिका, सानीभेरी, त्रिवेणी र बाँफिकोट गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा जितेको छ । जिल्लाका अधिकांश वडामा समेत माओवादी विजयी भएको छ ।

मुगुका ४ स्थानीय तहमध्ये छायानाथ नगरपालिका, मुगम कार्मारोग, सोरुमा कांग्रेसका उम्मेदवार प्रमुख पदमा विजयी बने । खत्याङमा एमालेले जित हात पार्‍यो । त्यस्तै, हुम्लाका ४ स्थानमा माओवादी केन्द्र, कांग्रेसले २ स्थानमा र एमालेले अदानचुलीमा जित हात पारे । नाम्खा, सर्केघाट, चंखेली र ताजाकोटमा माओवादी केन्द्र विजयी हुँदा कांग्रेसका प्रमुख उम्मेदवार सिमिकोट र खार्पुनाथमा विजयी बने ।

कालिकोटका ९ तहमध्ये ५ स्थानमा माओवादी केन्द्रको जित भयो । माओवादी केन्द्रले रास्कोट नपा, तिलागुफा नपा, पाचाल झरणा, सान्नी त्रिवेणी, पलातामा जित निकाल्यो । एमालेले खाडाचक्र नपा, कालिका गापा र नरहरीनाथ गापा जित्यो । कांग्रेसले महाबैमा प्रमुख पदमा आफ्ना उम्मेदवारलाई जिताएको छ ।

सल्यानका १० स्थानीय तहमध्ये एमालेले बन्गाड कुपिन्डे, कालिमाटी, कपुरकोट र ढोरचौर गरी ४ स्थानमा जितेको छ । कांग्रेसले शारदा, त्रिवेणी र छत्रेश्वरी गरी ३ स्थानमा र माओवादी केन्द्रले बागचौर, कुमाख मालिका र दार्मा गरी ३ स्थानमा जितेको छ ।

दैलेखमा ७ स्थानमा एमाले र ४ स्थानमा कांग्रेस विजयी भए । नारायण, चामुन्डा बिन्द्रासैनी, आठबिस, भगवतीमाई, महाबु, भैरवी, ठाटीकाँध एमालेले र दुल्लु, गुराँस, डुंगेश्वर र नौमूलेमा कांग्रेसले जित हासिल गरे । जाजरकोटका ७ मध्ये भेरी, छेडागाड र शिवालय एमालेले जित्यो । माओवादीले त्रिवेणी नलगाड र जुनीचाँदी तथा कांग्रेसले बारेकोट र कुशेमा जिते ।

डोल्पामा एमाले उम्मेदवार तसी तण्डुक गुरुङ शे–फोक्सुन्डोमा निर्विरोध भए । एमालेले ठूलीभेरी, त्रिपुरासुन्दरी र काइकेमा जित हात पार्‍यो भने माओवादी केन्द्रले जगदुल्ला र मुडेचुलामा जितेको छ । जुम्लाको चन्दननाथ, कनकासुन्दरी, सिञ्जा र पतरासी गरी ४ स्थानमा कांग्रेसले जितेको छ । माओवादीले हिमा, गुठीचौर र तातोपानी गरी ३ स्थानमा र एमालेले तिला गाउँपालिकामा जित हात पारेको छ ।

Next Post

पोखरा-लेखनाथ महानगरपालिकामा मेयर-उपमेयर एमाले विजयी

११ जेष्ठ २०७४, बिहीबार १५:२९
कास्की- पोखरा-लेखनाथ महानगरपालिकमा एमालेका मानबहादुर जीसी मेयरमा निर्वाचित भएका छन्। उनले ६० हजार १ सय १८ मत ल्याइ विजयी भएका हुन्। उपमेयरमा पनि एमालेकै मन्जु गुरुङ निर्वाचित भएकी छन्। उनले ५६ हजार ४ सय ४८ मत ल्याएकी हुन्। गाउँ समिति सदस्यबाट राजनीतिमा प्रवेश गरेका उनी अहिले एमालेको वैकल्पिक केन्द्रीय सदस्य […]

You May Like