अबको मिसन सुख्खा पलाँतालाई हरियालि बनाउने : अध्यक्ष बम

७ फाल्गुन २०७६, बुधबार १६:४९

लिलाराज स‌ंज्याल

कालिकोट- जिल्लाको सुख्खा तथा मरुभुमि भनिने पलाँतालाई पलाँता सरकारले हरियाली पलाँता अभियान थालेको छ । पलाँता गाउँपालिको आयोजनामा हरियाली पलाँता बनाउन एक वर्षमा एक लाख विरुवा रोप्ने अभियान थालनी गरेको हो । पिउने पानीको अभाव भएको पलाँता क्षेत्रमा १ घर १ नर्सरी उत्पादन सँगै यो आर्थिक मसान्तको अन्तिम सम्म ६ लाख विरुवा उत्पादन गर्ने पलाँता गाउँपालिकाले लक्ष्य लिएको छ ।

अवको अभियान हरीयाली पलाँता निर्माणमा रहेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छाले बताए । उनले भने,‘पलाँतालाई सुख्खा तथा मरुभुमि पलाँताको हिसावमा चिन्ने ब्यक्तीले आफ्नो कार्यकालमा नै सितल छहारीको पलाँता भनेर चिनाउने गरि हरियो पलाँता निर्माण गर्ने प्रतीबद्धता ब्यक्त गरेका छन् । पलाँता सरकारले पहिलो प्राथमिकता बन क्षेत्रलाई दिने र शुख्खा डाड काडामा विरुवा रोपेर हरीयाली पलाँता निर्माण गर्ने अध्यक्ष बमको भनाई छ ।’ हिजो पलाँती भन्दा नराम्रो लाग्थ्यौ । आज पलाँता भन्दा गौरवको विषय बनेको अध्यक्ष बलमे बताए । उनका अनुसार‘गाउँपालिकाको नाम नै पलाँता राखिएको छ । अव विकट पलाँता हैन । सुखी र समृद्धिको पलाँता भनेर देशभर चिनीने छ ।’

कुनै पनि नागरिकहरुले अव विकट पलाँता भनेर चिन्ने दिनको अन्त्य भएको र घुम्न जाउँ पलाँता भन्ने गरी पलाँताको विकास, निर्माण र समृद्धीमा पलाँता सरकार लागि परेको अध्यक्ष बमले बताए । उनले जनयूद्ध दिवसको दिनमा पलाँतालाई गाडी उपाहार दियौँ अव नयाँ बर्ष २०७७ सालमा १५ सैयाको हस्पीटल उपहार दिने प्रतीबद्धता गर्नु भएको छ । हिजोका दिनमा पलाँताका नागरिकहरु खान नपाएर भोकमारीको चपेटामा तड्पीएका थिय । उनले भने, ‘आज आफ्नो बारीमा वैमौसमिमा तरकारी उत्पादन गरि खान पाएका छन् । कसैले भिक माग्नु परेको छैन् । कसैले भौकै छाक टार्नु परेको छैन । पलाँताको विकास भएको छैन भन्नेले हिजोको पलाँता र आजको पलाँतामा तुलना गर्न पहिलो कदम उठाउनु पर्छ ।’

अध्यक्ष बमले आफु पलाँतामा राजनिति गर्न नभएर राजनितिक भविस्य निर्माण गर्न नभएर पलाँताको सेवा गर्नकै लागि आफु गाउँपालिकाको अध्यक्ष बनेको बताए । उनले पलाँको विकासका लागि पलाँताको समृद्धिका लागि आफु लेबरको रुपमा काम गरेको बताए । पैशा कमाएर यस आरामको जिन्दगी जिउनका लागि अध्यक्ष बनेको हैन । पलाँको दुख पिडालाई सम्झेर पलाँता गाउँपालिकाको अध्यक्ष बनेको बमको भनाई छ । अव पलाँता पहिलेको जस्तो नभएर आधुनिक र अरुलाई सिपको पाटो सिकाउने पलाँता बन्ने गाउँपालिका अध्यक्ष बमको भनाई छ ।

Next Post

2076-10-08

७ फाल्गुन २०७६, बुधबार १६:४९
[3d-flip-book id=”4514″ mode=”fullscreen” title=”false” template=”short-white-book-view” urlparam=”fb3d-page”]