एकता संयोजन समिति बैठक शुरु

३ जेष्ठ २०७५, बिहीबार १२:४२

काठमाडौँ –  आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

पार्टी एकता गर्नुपूर्व संयुक्त विधान, राजनीतिक दस्तावेज र केन्द्रीय कमिटी निर्धारण गरी निर्वाचन आयोगमा दर्ता गर्ने र पत्रकार सम्मेलनमार्फत एकता घोषणा गर्ने विषयमा बैठक केन्द्रित रहेको बुझिएको छ।

यसैबीच प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकअघि बालुवाटारमा संयुक्त वृक्षरोपण गरेका छन्।

पार्टी एकता दिगो र चिरस्थायी होस् भन्ने कामना र सन्देशका लागि जापानबाट ल्याइएको ऐतिहासिक बिरुवा जिन्को वाइलोवा तथा नेपालमा पाइने आँप, समी, कपुर, अम्बा र एबोगाडो बिरुवा रोपिएको थियो ।

जिन्को वाइलोवा एटमबम प्रहारबाट पनि केही असर नपरेको बिरुवा मानिन्छ ।

एकता संयोजन समितिको बैठक सम्पन्न भएपछि बस्ने एमाले केन्द्रीय कमिटीको आकष्मिक बैठकका लागि बालुवाटारमा नेताहरु आउने क्रम जारी छ ।

Next Post

पार्टी एकताले सकरात्मक सन्देश : एमाले अध्यक्ष शाही

३ जेष्ठ २०७५, बिहीबार १२:४२
कालिकोट– नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) ले मदन आश्रित स्मृति दिवसको दिन दुई पार्टी विचको एकताले सकरात्मक सन्देश दिएको बताएका छन् । विहीबार नेकपा एमाले जिल्ला कमिटी कालिकोटले आयोजना गरेको मदन आश्रित स्मृति दिवशमा बोल्दै अध्यक्ष शाहीले जिल्लाका नेता कार्यकर्ताविच केन्द्रको निर्णय स्वागत योग्य रहेको बताए । मदन […]