सुर्खेत-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार जेल हाल्ने कानुन तत्काल खारेज गर्नुपर्ने बताएका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रतामाथि नै केपी ओली नेतृत्वको सरकारले आक्रमण गर्न खाजेको बताए । पत्रकारको लेख्न पाउँने अधिकार खोसेर प्रेस स्वतन्त्रता सम्बन्धी कडा विधेयक ल्याएकाले कार्यकर्तालाई यसको विरुद्धमा आन्दोलन गर्न निर्देशन दिए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा सम्वोधन गर्दै देउवाले यस्तो आक्रोश व्यक्र गरेका हुन् । कांग्रेस सभापति देवाले अहिलेसम्म देश परिवर्तनका लागि धेरै लडाइ लडे पनि अव अन्तिम लडाई लड्नु पर्ने भएको बताए । राणा शाषनको विरोधदेखि देशमा २०६२÷०६३ मा पनि आन्दोलन गरियो तर, फेरी एकपट ठुलो लडाईको खाँचो रहेको बताए । वर्तमान सरकार नेपाली जनताको हित विपरित भएकाले अब कांग्रेस एकजुट भएर जनतासँग हातेमालो गर्ने सभापति देवाले बताए । अधिनायकवादी चरित्र देखाउने कम्यूनिस्टलाई तह लगाउने समेत बताएका छन् ।
शुक्रवार केन्द्रिय नीति, अनुसन्त्रान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा आयोजित महाधिवेशन प्रतिनिधिको लागि प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारको चर्काे आलोचना गरे । ‘कम्यूनिष्ठ सरकार आएपछि लोकतन्त्र र संघियता समेत खतरामा परेको छ ’ सभापति देवाले भने, ‘नेपाली जनतासँग मिलेर अव कम्युनिस्टलाई सिध्याउनुपर्ने बेला आएको छ ।’
सभापति देउवाले कम्युनिस्ट सरकारले देशमा लोकतन्त्रलाई समाप्त पार्दै साम्यवादी व्यवस्था ल्याउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । देशमा ओली सरकार आएपछि इतिहाँसकै ठुलो भ्रष्टाचार मौलाएको र उपभोक्ता समितिका नाममा कराडौ बजेट हिनामिना गरेको सभापति देवाले आरोप लगाए । उनले पार्टीभित्र अब एकताको जरुरी भएको बताए । एकता नभएकै कारण चुनाव यसको फाइदा कम्यूनिष्ठले लिएको बताए ।
कार्यकर्ताको असन्तुष्टि
नेपाली कांग्रेसले सातै प्रदेशमा महाधिवेशन प्रतिनीधिका लागि सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा नेतृत्वको कार्यशैलीप्रति कार्यकर्ताले असन्तुष्टि समेत व्यक्त गरेका छन् । कर्णाली प्रदेशको प्रशिक्षणमा सहभागि कार्यकर्ताहरुले नेताका वरिपरि घुम्नेहरुले मात्र अवसर पाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
प्रशिक्षण कार्यक्रममा १० जिल्लाका झण्डै २ सय महाधिवेशन प्रतिनीधिहरु सहभागि छन् । नेपाली काङ्ग्रेस सल्यानका क्षेत्रीय सभापति सन्तोष केसीले केन्द्रीय नेताहरुसँग गाउँमा बसेर संगठन गर्नेले भन्दा काठमाडौं बसेर केन्द्रीय नेताहरु वरिपरि घुम्नेहरुले अवसर पाएको गुनासो गरे । कांग्रेसलाई जनतासंग जोड्नका लागि यस्तो प्रवृति अन्त्य हुनुपर्ने नेपाली कांग्रेस कालिकोट सहसचिव दमन शाहीले बताए ।
प्रशिक्षणको उद्घाटन समारोहमा सहभागि भएका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिलाई व्यापारको बनाउन नहुने भन्दै गाँउमा संगठन नगर्नेलाई केन्द्रबाट अवसर दिएपनि जनता खेर जाने बताए । प्रशिक्षण कार्यक्रमा कर्णालीका दशवटै जिल्लाका महासमिति सदस्य, महाधिवेशन प्रतिनीधि, जिल्ला सभापति, क्षेत्रिय सभापति तथा जिल्ला कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेका थिए ।