मधेसी जनअधिकार फोरम सरकारबाट फिर्ता

१७ चैत्र २०७३, बिहीबार १४:०२

काठमाडौं- मधेसी जानअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। पार्टी कार्यालयमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले ‘थरुहट मधेसको मुद्दा सम्बोधन गर्न नसक्ने सरकारलाई समर्थन गरिरहन उपयुक्त नहुने’ निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।’थारुहट मधेसका मुद्दा सम्बोधन गर्नका निम्ति हामीले ओली सरकारलाई सरमर्थन दिएका थियौं। दाहाल सरकारलाई पनि त्यही सर्तमा समर्थन गरेका हौं। धोका हुने अवस्था देखिएपछि फिर्ता गर्ने निर्णयमा पुगेका हौं’, सांसद चौधरीले भने।’थरुहट मधेसको मुद्दा सम्बोधन गर्नकै निम्ति हामीले सरकारलाई समर्थन गरेका थियौं तर सरकारले थरुहट मधेसको मुद्दा सम्बोधन गर्न चासो देखाएन,’ पार्टीका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने,’सरकारले गर्नसक्ने न्युनतम निर्णयहरु पनि गर्न सकेको छैन। त्यसैले हामीले सरकारलाई दिएको समर्थन हप्ता दिनभित्र फिर्ता लिन्छौं।’

टीकापुर घटनालगायतका मुद्दामा पक्राउ परेकाहरुलाई रिहाइ गर्न सरकारले अनाकानी गरिरहेको उनले बताए।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले एमाले अध्यक्ष केपी शर्मा ‌ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो। दाहाल सरकारमा सहभागी हुन मन्त्रालय बाँडफाँडको समेत चर्चा चलिरहेका बेला मंगलबार र बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले यस्तो निर्णय लिएको हो।

‘थारुहट मधेसका मुद्दा सम्बोधन गर्नका निम्ति हामीले ओली सरकारलाई सरमर्थन दिएका थियौं। दाहाल सरकारलाई पनि त्यही सर्तमा समर्थन गरेका हौं। धोका हुने अवस्था देखिएपछि फिर्ता गर्ने निर्णयमा पुगेका हौं’, सांसद चौधरीले भने।

निर्वाचनमा सहभागी हुने

मधेसी जनअधिकार फोरमले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको छ। तर उसले निर्वाचनअघि संविधान संशोधन अनिवार्य हुनैपर्ने अडान लिएको छ। निर्वाचनलाई प्रभावकारी बनाउन संविधान संशोधन गरेर असन्तुष्ट पक्षलाई निर्वाचनमा सामेल गराउनुपर्ने बैठकले ठहर गरेको छ।

‘हामीले निर्वाचनको उपयोग गर्ने निर्णय त गरेका छौं। तर त्यसका लागि संविधान संशोधन हुनैपर्छ। संविधान संशोधनबिना चुनाव गरिए तराई मधेसमा जारी द्वन्द्व झनै बल्झिनेछ,’ उनले भने।

कांग्रेसमा प्रवेश गर्ने हल्ला निरधार

बैठकमा पार्टी अध्यक्ष विजयकुमार गच्छदार नेपाली कांग्रेस गर्दैछन् भन्ने चर्चाबारे पनि छलफल भएको थियो। अध्यक्ष गच्छदारले यसबारे जवाफ दिँदै आफू कांग्रेसमा महामन्त्री बनेर जाने वा पार्टी प्रवेश गर्ने हल्ला निरधार रहेको स्पष्ट पारेका थिए। ‘पार्टी प्रवेश कुनै हालतमा हुन सक्दैन। पार्टी एकीकरण हुनसक्थ्यो वा चुनावका लागि मिलेर जान सकिन्थ्यो। पार्टी प्रवेश नै कसरी हुन्छ?,’ अध्यक्ष गच्छदारले बैठकमा भनेका थिए।

Next Post

अखिलका नेतालाई धाप मार्दै ओलीले भने– ‘नेविसंघलाई हाफ, क्रान्तिकारीलाई साफ बनाउनुभयो, बधाई छ’

१७ चैत्र २०७३, बिहीबार १४:०२
काठमाण्डाैं:आरआर क्याम्पसको मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा विजयी पदाधिकारी बुधबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोट पुग्दा ओली प्रशन्न मात्र भएनन् । उनले कांग्रेस निकटको विद्यार्थी संगठनलाई हाफ र माओवादी केन्द्र निकटको विद्यार्थी संगठनलाई साफ बनाउन सफल भएको भन्दै बालकोट पुगेका अनेरास्ववियुका नेता–कार्यकर्तालाई धापसमेत मारे । ‘माओवादीलाई चिन्नु […]

You May Like