कालिकामा एमालेका खडानन्द चौलागाई विजयी

७ जेष्ठ २०७४, आईतवार १६:०६

कालिकाेट : कालिका गाउँपालिकामा नेकपा एमालेका खडानन्द चौलागाई २२७४ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन् । उनका प्रतिद्धन्दी माओवादी केन्द्रका गोविन्द आचार्यले १५१२ मत प्राप्त गरी पराजय भएका छन् । उपप्रमुखमा पनि एमालेकै पम्फादेवि शाही १९८३ मत प्राप्त गरी विजयी भएकी छन् । माओवादी केन्द्र र नेमकिपाका सयुक्त उम्मेदवार दिपेन्द्र शाहीले १४०३ मत प्राप्त गरी पराजय भएका छन् ।

बैशाख ३१ गते कालिका गाउँपालिका — २ भर्तामा मतपत्र हराएपछि विवाद हुँदा मतदान स्थगीत भएको थियो । स्थगित भएको वडामा पुनःशनिवार मतदानभई मत गणना भएको छ । शनिवार रातिदेखी मत गणना सुरु गरी आईतवार दिउँसो ३ बजे गणना सम्पन्न भएको निर्वाचन अधिकृतले बताए । कालिका गाउँपालिकाको वडा नम्वर १ मा वडा अध्यक्ष कांग्रेस विजयी भएको छ । त्यस्तै २ मा माओवादी, ३ मा एमाले, ४ मा एमाले , ५ मा एमाले र ६ मा पनि एमाले विजयी भएको छ । त्यस्तै वडा नम्वर ७ मा कांग्रेस र ८ वडामा अध्यक्ष माओवादी केन्द्र विजयी भएको छ ।

माल्कोटमा मतदान

कालिकोटको नरहरिनाथ गाउँपालिका — ६ नन्दादेवी सेरापाटामा आइतबार मतदान भएको छ । वैशाख ३१ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अवरोध गरेपछि प्रहरीले गोली चलाउँदा राप्रपाका वडाअध्यक्ष धनरुप बटालाको मृत्यु भएपछि चुनाव स्थागित भएको थियो । उक्त केन्द्रमा आइतबार बिहानदेखि उत्साहपूर्वक मतदान भइरहेको प्रहरीले जानकारी दिएको छ । ८ सय ७९ मतदाता रहेको उक्त केन्द्रमा दिउँसो साढे १२ बजेसम्म ५ सय भन्दा धेरै मत खसेको छ ।

Next Post

पत्रकार बराल बने नगर प्रमुख

७ जेष्ठ २०७४, आईतवार १६:०६
कालिकोट- रास्कोट नगरपालिकाबाट मेयरमा विजयी भएका काशीचन्द्र बराल कुनै बेला पत्रकार थिए। २०४८ देखि २०५८ सम्म उनले स्थानीय कदम साप्ताहिक र कान्तिपुर राष्ट्रिय दैनिकमा काम गरे। पत्रकारितामा झन्डै १० बर्ष काम गरेका बराललाई हातमा कलम र क्यामरा समातेर हिडेका देख्ने धेरै छन्। पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डे भन्छन् ‘काशीचन्द्र […]