गायक सुमन शेखरको ‘समीप एल्वम’ निकै चर्चामा

९ चैत्र २०७३, बुधबार १६:३१

काठमाण्डौःचर्चित गायक सुमनशेखर मानन्धरको ‘समीप’ एल्वमले निकै चर्चा पाएको छ । भर्खरै सार्वजनिक भएको समीप एल्वमले नेपाली बजारमा चर्चा पाएको हो । गायक सुमनको समीप एल्वमले देश र विदेशमा वस्ने नेपालीको मनमा उत्साह जागेको छ । देशप्रतिको माया,मोह र निष्ठावानमा सम्रपित गीतले सवै नेपाली मनमा उत्साह थपेकोको हो । उनको ‘चञ्चल नानी चुल्बुले बानी, सोह्र वर्षे तिम्रो जोबनमा, कान्छीको लजाउने बानी’ नामको गीतले पनि चर्चा जमाएको थियो । सुमनका यस्तै गीतहरु र्दशक तथा स्रोताले मनदेखि नै माया गरेर सुन्ने गरेका छन् । ललितपुर सानेपा-२ घर भएका गायक मानन्धर जागीरे जीवनमा व्यस्त भए पनि गीतसंगीत लार्इ माया गरिरहेका छन् ।

कागायक सुमन शेखर मानन्धर विगत केहि वर्ष यता गायनमा सेलाएका थिए । तर आजभोली फेरी चर्चामा आएका छन् । करिव ५० भन्दावढि गीत गाइसकेका सुमनका राष्ट्र प्रेमी र माया प्रेम आधुनिक गाएर सफलता हासिल गरेका छन् । गायक मानन्धर लामो अन्तरालसम्म सांगितिक क्षेत्रमा उपस्थिति नहुनुले संगित प्रेमिहरm लाई कौतुहलता थपेको थियो ।

तर गायक मानन्धर भन्छन् ‘ म गायन र संगीतलाई माया गर्ने मान्छे हुँ । मैले कहिलै नेपाली गीतसंगीतलाई भुल्दिन । गायक मानन्धर संगितवाट टाढा थिएनन् । नयाँ गीतहरु रेकर्ड नगरीकन बसेता पनिउनले नियमित साधना र रियाज कहिलै छाडेनन् । उनले पढाइको सिलसिलामा पाकिस्तानमा रहेका वेलाउर्दृ भाषा बोल्न, लेख्न र पढ्न सिकेका पनि छन् । गायक सुमनको रुचि बिशेष गरि पाकिस्तानी गजलमा लगाव रहेको बताउँछन् ।

ओझेलका पात्र जस्तै बनेका सुमनलाई जुन कुरा जनमानसमा कमैलाई थाहा भए पनि अब चर्चामा आएका सामाजिक अगुवा हरिहर न्यौंपानेले बताए । अष्टे«लियाबाट स्नाकोत्तरको पढाईको सिलसिलामा रहँदा थुप्रै कार्यक्रममा गरी भरपुर मनोरन्जन दिएका गायक नेपाल फर्के लगतै व्यस्त जागिरे जीबनका विचमा भए पनि नेपाली गीतसंगीतलाइ माया गर्ने गरेका छन् ।

उनको समीप एल्वम वरिष्ठ संगीतकार दिपकजँग मज्युको प्रमुख आतिथ्यतामा एक भब्य कार्यक्रमका विच केहीदिन अघि बिमोचन भएको थियो । गायक मानन्धर भन्छन् ‘संगीत नै जिबन हो । मानिसले जुन सुकै क्षेत्रमा काम गरे पनि गीत संगितलाई भुल्न हुँदैन् ।

एकल संगीतकार राजू सिंहको संगीतमा सुमनको समिप एल्वममा रहेको ‘बोल्न पनि डाराउँछौ’ भन्ने गितको म्यूजिक भिडियो पनि भरर्खरै सार्वजनिकभएको छ । बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको आधुनिक शैलिको म्यूजिक भिडियो यो युटुभ लिंक https://ww.youtube.com/watch?v=-morHvCHdGM मा पनि हेर्न सकिन्छ ।

Next Post

नेपाल तरूण दलका महासचिव भुपेन्द्रजंग शाही

परिवर्तनका लागि वैचारिक लडार्इ लड्छाैं : शाही

९ चैत्र २०७३, बुधबार १६:३१
नेपाल तरुण दलको चौथो महाधिवेशनबाट पश्चिम नेपालको कालिकोटका भुपेन्द्रजंग शाही महासचिवमा निर्वाचित भएका छन् । कर्णालीको कालिकोटबाट राजनीतिक यात्रा सुरु गरेर देशको प्रभावशाली युवा मोर्चाको महासचिवमा निर्वाचित हुनु आफैमा महत्वपुर्ण उपलब्धि हो । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष समेत भईसकेका शाहीले पाएको जिम्मेवारीले कर्णाली र पश्चिम नेपालका यूवालाई उत्साहित बनाएको […]

You May Like