कालिकोटमा मेयर र अध्यक्षमा यस्ता छन् आकांक्षी, त्रिपक्षिय भिडन्त

११ चैत्र २०७३, शुक्रबार १६:५५

कालिकाेट:आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनाका लागि जिल्लामा चुनावी चहलपहल बढेको छ । दुई दशकदेखि हुन नसकेको स्थानीय चुनाव सरकारले घोषणा गरेपछि जिल्लामा चुनावी माहोल तातिएको हो । स्थानीय चुनावमा भिड्ने आकांक्षीको संख्यामा पनि कमी छैन । ठुला तिन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालगायतका पार्टीको जिल्लामा प्रतिसपर्धा हुने भएको छ । जिल्लामा ३ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् ।

३ नगरपालिकामा मेयरको ओहिरो

रास्कोट नगरपालिकामा नेपाली कांग्रेसबाट दानबहादुर बम, आनन्द विक्रम शाही, दमनबहादुर शाही, कटक शाही र भावना शाही आकांक्षी छन् । नेकपा एमालेबाट विमल शाही, दयाराम सिम्खाडा, अशोककुमार शाही, मनिराज बराल, तुलाराज सिम्खाडा, प्रेम बराल र डबल बाेगटी आकांक्षी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट पनि आकांक्षी कम छैनन् । मेयरका लागि धर्मराज शाही (पोषण) जगत शाही (शिखर) काशि बराल (विराट) नेत्रराज शाही (मौसम) रहेका छन् ।

त्यस्तै खाडाचक्र नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा आकांक्षी तारा शाही, पदमबहादुर शाही, खडानन्द पाण्डे र विष्नबहादुर शाही रहेका छन् । नेकपा एमालेबाट कमलबहादुर शाही, तिलबहादुर शाही, तुलाराज मल्ल, प्रेमबहादुर शाही,जसिप्रसाद पाण्डे, रविन्द्र शाही र विजया विष्ट रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट गणेश शाही, लक्ष्मिप्रसाद चौलागाई (शैलेन्द्र) , पुर्णीमा चौलागाई रहेका छन् ।

तिला गुफा नगरपालिकामा कांग्रेसबाट अम्मबहादुर शाही,मनराज शाही र पुर्णबहादुर शाही मेयरका लागि आकांक्षी देखिन्छन् । त्यस्तै नेकपा एमालेबाट कलबहादुर शाही, श्रीबहादुर शाही र ऐनबहादुर शाहीको आकांक्षा छ । माओवादी केन्द्रबाट दिनेश चँदारा, महेन्द्रबहादुर शाही र रत्नबहादुर शाही आकांक्षी देखिन्छन् ।

६ गाउँपालिकाका अध्यक्ष आकांक्षी

नरहरीनाथ गाउँपालिकामा नेपाली कांग्रेसबाट नगेन्द्र विष्ट, मिनबहादुर बोगटी, कालीबहादुर विष्ट अध्यक्षको आकांक्षी छन् । त्यस्तै नेकपा एमालेबाट धिरबहादुर विष्ट, विरेन्द्रबहादुर वुढा र टेकबहादुर वुढा आकांक्षी छन् । माओवादी केन्द्रबाट अग्रबहादुर विष्ट, विष्णु वि.क र अनिपाल शाही (प्राकर्मी) अध्यक्षको चाँचोमा छन् ।

शान्नि त्रिवेणी गाउँपालिकामा पनि आकांक्षीको ओहिरो छ । नेपाली कांग्रेसबाट दिपबहादुर बम, गोरख खत्री, हरिचन्द्र देवकोटा र शुसिला बम (शाही) अध्यक्षको आकांक्षीमा छन् । नेकपा एमालेबाट नवराज देवकोटा, हेमराज संज्याल,अग्रबहादुर बोगटी,सक्क बम र सुर्जमान शाही र प्रेमबहादुर वुढा आकांक्षी देखिन्छन् । त्यस्तै माओवादी केन्द्रबाट डम्मर बहादुर शाही (दिलिप,डिवि) भरत विक, महन केसी (महेश),खगेन्द्र शाही (प्रख्यात), देवनारायण संज्याल (वर्ग) रहेका छन् ।

पचाल झरना गाउँपालिकामा नेपाली कांग्रेसबाट मुक्तिप्रसाद न्यौंपाने, टेकबहादुर बोगटी र भानुभक्त संज्याल छन् । नेकपा एमालेबाट चन्द्रबहादुर शाही,दक्षिणा शाही, रत्नप्रसाद न्यौंपाने र अलिबहादुर शाहीले आकांक्षा देखाएका छन् । त्यस्तै माओवादी केन्द्रबाट खड्क सेजुवाल (विश्वप्रकाश) अनरुप रोकाया रहेका छन् ।

पलाता गाउँपालिकामा कांग्रेसबाट मानबहादुर रोकाया, केशर बम (खिन) र केशर बम थिर्पुबाट आकांक्षा देखाएका छन् । एमालेबाट जिरबहादुर धामी, टक्क रोकाया, पुर्ण उपाध्याय र राजबहादुर बम रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट लक्ष्मण बम, अनन्त विक र मानबहादुर बुढा रहेका छन् ।

महावै गाउँपालिकामा नेपाली कांग्रेसबाट नन्दबहादुर सिंह र भिमप्रसाद काफ्ले अध्यक्षको आकांक्षीमा छन् । त्यस्तै एमालेबाट चित्रसिंह गाउँले, मनराज शाही, कलबहादुर शाही र खड्क सिंह आकांक्षी छन् । माओवादी केन्द्रबाट सर्पराज सिंह र खेम सिंह छन् ।

कालिका गाउँपालिकामा कांग्रेसबाट नन्दबहादुर शाही (घमन) र धर्मा शाही रहेका छन् । एमालेबाट कृष्णप्रसाद आचार्य, खडानन्द चौलागाई, जजराज शाही र पुष्पराज आचार्य अध्यक्षको आकांक्षीमा छन् । माओवादी केन्द्रबाट गोविन्द आचार्य, जयबहादुर महतारा ( अटल) राजेश शाही र दिपक चौलागाई अध्यक्षको आकांक्षीमा छन् ।

पार्टीका प्रमुखको भनाई यस्तो छ

नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमले ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकाका संयोजकको सिफारिसको आधारमा उम्मेदवार बनाउने बताए । उनले भने, ‘ पार्टीमा आकांक्षा देखाउनु स्वभाविक छ । तर पार्टीको विधान अनुसार जिल्ला कार्य समितिको वैठक वसेर जनताको मन जित्नेलाई उम्मेदवार बनाउछौ ।’

नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही (नेशनल) ले जनबादलाई अंगाल्दै जनबादी केन्द्रियताका आधारमा उम्मेदवार चयन गर्ने बताए । उनले भने, ‘जनतामा लोकपृयता भएको, पार्टीप्रति इमानदार र निष्ठावान नेतालाई उम्मेदवार बनाउछौ । पार्टीले उम्मेदवारको मापदन्ड बनाएको छ । त्यही आधारमा अघि बढ्छौ बागी उठ्ने लाई पार्टी सदस्यता नरहने गरि कार्वाही गर्छौ ।’

नेकपा माओवादी केन्द्र कालिकोटका संयोजक दुर्गबहादुर रावत (उज्वल) ले गाउँपालिका र नगरपालिकाबाट जिम्मेवार सम्वन्धित संगठनबाट आएको सिफारिसका आधारमा जिल्ला कमिटीले निर्णय गरेर उम्मेदवारको टुङ्गो लगाउने बताए । उनले भने, ‘हाम्रो पार्टीमा बागी लड्ने भन्ने हुन्न । पार्टीको निर्णयभन्दा एक इन्च पनि दायाँबायाँ भन्ने काम हुँदैन र कसैलाई गर्न पनि दिन्नौ ।’

जिल्लाको निर्वाचन सुरक्षा

प्रमुख जिल्ला अधिकारी गीरिधारी सुवेदीका अनुसार जिल्लामा १०१ मतदान केन्द्र र ९७ मतदान स्थल छन् । सवै केन्द्र र स्थलमा सुरक्षा अवस्था कडा गरिने तयारी छ । जिल्लामा आवश्यक जनशक्ती ७ सय जना तयारी हुँदैछन् । जिल्लाको सुरक्षा योजना बनाएर क्षेत्रिय कार्यालय र केन्द्रमा पठाएका छौ । जिल्ला भरि ६१ हजार २४० मतदाताले मतदान गर्ने पाउँने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Next Post

बाल मैत्री शासन लागु गर्ने अन्तिम तयारीमा राँचुली

११ चैत्र २०७३, शुक्रबार १६:५५
कालिकोट चैत्र १२ । जिल्लाको तिलागुफा नगरपालिका ४ र २ नम्बर वडामा ( साविकको राँचुली गाबिसमा) बाल मैत्री स्थानीय शासन लागु गर्ने अन्तिम तयारीमा जुटेको छ । बाल मैत्री स्थानीय शासन लागु गर्न सबै सुचक पुरा गरेको कारणले अन्तिम तयारीमा जुटेको हो । बाल मैत्री स्थानीय शासन लागु गर्नका सबै […]