स्थानीय निर्वाचनको मिति फिर्ता लिन बाबुराम र उपेन्द्रको माग

१२ फाल्गुन २०७३, बिहीबार १०:४५

काठमाडौंः संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग गरेका छन्।
बिहीबार बिहान फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनको मिति फिर्ता लिन सरकारसँग माग गरेका हुन्। राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा निर्वाचनको मिति घोषणा गरिएको उनीहरुको आरोप छ।
उनीहरुले स्थानीय तह प्रदेश मातहत रहनु पर्ने र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्। सरकारले सोमबार वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको थियो। संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न पनि माग उनीहरुले गरेका छन्। ‘सरकारले संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित नगरी स्थानीय निर्वाचन घोषणा गरेर सरकारले द्वन्द्वमात्रै होइन यसले देशमा झनै अस्थीरता र अनिश्चितताको दिशामा लगेको छ,’संयुक्त विज्ञप्तिमा भनिएको छ।
उनीहरुले संविधान संशोधन परिमार्जनसहित पारित गर्नु पर्ने, संघीयता कार्यान्वयनका लागि संघ र प्रदेशको निर्वाचन पहिला गराउनु पर्ने, राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नु पर्ने, लगायत ६ बुँदे माग अघि सारेका छन्। राज्यका अंगहरुमा दलीय भागवण्डाका आधारमा नियुक्तिको प्रचलनलाई खारेज गर्न माग विज्ञप्तिमार्फत गरिएको छ।

Next Post

करोडौं कमिसन सेटिङमा टेन्डर

१२ फाल्गुन २०७३, बिहीबार १०:४५
काठमाडौं- इन्धन भण्डारणका लागि जग्गा खरिद प्रक्रियामा करोडौं रुपैयाँको ‘कमिसन खेल’ सुरु भएको छ। सरकारी स्वामित्वको नेपाल आयल निगमले सातै प्रदेशमा इन्धन भण्डारणस्थल बनाउन जग्गा खरिद प्रक्रियामा अनियमितता भएको सांसदले आरोप लगाएका छन्। सरकारी जग्गा लिने पहलै नगरी ‘सेटिङ मिलाएर’ निजी जग्गा खरिद गरेर करोडौं रुपैयाँको चलखेल गरेको निगममाथि आरोप […]