लुम्बिनीमा दुई स्वतन्त्र सांसद एमालेमा फर्किए, पोखरेललाई खुलेरै समर्थन

राजनीति अपराधको भण्डाफोर

मिसन न्यूज २० बैशाख २०७८, सोमबार १४:०९

काठमाडौं – सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका छन् ।कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन्  ।

‘२०७४ मंसिरमा सम्पन्न प्रदेशसभाको चुनावमा हामी सूर्यचिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हौं,’ संयुक्त जारी विज्ञप्तिमा भनिएको छ, ‘सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध छौं । नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध हुनु कानूनी र राजनैतिक रूपमा स्वाभाविक विषय हो  । ’विपक्षी गठबन्धनको उम्मेदवार कुलप्रसाद केसीको दावीमा आफूहरूको हस्ताक्षर प्रयोग गर्नु बदनियत र त्रुटिपूर्ण रहेको उनीहरुको दावी छ। ‘हामी नेकपा एमाले प्रदेश संसदीय दलप्रति प्रतिबद्ध रहदै संसदीय दलका नेता माननीय मुख्यमन्त्री शंकर पोखरेलप्रति समर्थन रहेको स्पष्ट पार्न चाहन्छौं,’ उनीहरुको भनाइ छ।

आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको भने पनि आइतबार नेपाल प्रेससँगको कुराकानीमा उनीहरूले आफू विपक्ष गठबन्धनको उम्मेदवारलाई सर्मथन गर्ने पक्षमा रहेको बताएका थिए ।

सूर्य चिन्हधारी हुँदाहुँदै पनि पार्टी नीतिविपरीत गएको भन्दै आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्रीसमेत रहेका र सूर्य चिन्ह लिएर चुनाव जितेका हृदेश त्रिपाठीसँग छलफल गरेका थिए । त्यस्तै सर्वेन्द्रनाथ शुक्लासँग पनि प्रधानमन्त्रीको छलफल भएको थियो ।

प्रधानमन्त्रीसँगको छलफल र सम्भावित कारवाहीले भयले नेता त्रिपाठी र सुक्लाले विपक्षी गठबन्धनलाई साथ नदिन निर्देशन दिएपछि प्रदेशमा उनीहरूले आफ्नो मनस्थिति बदलेका हुन् ।

Next Post

नेपाललाइ खोप र सिलिन्डर तत्कालै दिने चीनको प्रतिबद्धता

२० बैशाख २०७८, सोमबार १४:०९
काठमाडौं- छिमेकी मित्रराष्ट्र चीनले तत्काल केही थान अक्सिजन सिलिन्डर र कोरोनाबिरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार चीनले पहिलो चरणमा दिने भनेको ३ हजार ५ सय थान अक्सिजन सिलिन्डरमध्ये ४ सय थान र १० वटा भेन्टिलेटर चार दिनभित्र दिने प्रतिबद्धता चीनले जनाएको हो । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर […]