निर्वाचन घोषणा भएन, संविधान संशोधन अघि बढाइने

९ फाल्गुन २०७३, सोमबार ०८:३८

काठमाडौं- निर्वाचन मिति घोषणा गर्न बसेको मन्त्रिपरिषद् बैठक सो निर्णय नगरी सम्पन्न भएको छ। बैठक निर्वाचन मितिभन्दा पनि राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा केन्द्रित रहेर निर्णयहरु गरेको छ।

स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा बनेको कार्यदललाई एक हप्ताको समय थप गर्ने सरकारले निर्णय गरेको छ। सो कार्यदलले एक हप्ताभित्र पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी सुझाव पेस गर्नेछ। प्रतिवेदनलाई लिएर मधेसवादी दलहरु असन्तुष्टि जनाउँदै अाएका छन्।

सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले मंगलबार सुरु हुने ब्यवस्गथापिका संसदको बैठकमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने जानकारी दिए। उनले संघीय आयोगमार्फत् थारु मधेसी जनजाति मागलाई सम्बोधन गर्न तदरुकताका साथ अगाडि बढाइने जानकारी दिए। मन्त्रिपरिषद् बैठक आज पुनः बस्ने बताइएको छ।

Next Post

चुनाव गर्न गृह मन्त्रालयले सुरक्षा तयारी सुरु गर्‍यो

९ फाल्गुन २०७३, सोमबार ०८:३८
१० फागुन, काठमाडौं । सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारी थालेको छ। ‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘मंगलबारदेखि नै हामी तयारीमा लाग्नेछौँ । जसरी ०७० मा निर्वाचन भएको थियो, त्यसैगरी अबको […]