कालिकोटमा सानिमा बैंक शाखा

६ फाल्गुन २०७३, शुक्रबार १३:११

कालिकाेट : जिल्लामा सानिमा बैंकको शाखा उद्घाटन गरिएको छ । ४४ औं शाखको रुपमा शुक्रवार जिल्लाको सदरमुकाम मान्ममा स्थापना गरिएको हो । बाणिज्य बैंकको रुपमा कारोबार गर्दै आएको सानीमा बैंकको शाखामा ‘एटियम’ सहितको सुविधा छ । बरिष्ठ कलाकार हरिवंश आचार्यले रिबन काटेर उद्घाटन गरेका छन् । बैंकको उद्घाटन गर्दै प्रमुख अथिती समेत रहेका हरिवंश आचार्यले कर्णालीको कालिकोटमा सानीमा बैंकको शाखा स्थापना हुनु अत्यातै सौभाग्य भएको बताए । उनले कालिकोट संभावना बोकेको जिल्ला भएकाले आर्थिक क्रान्ति मार्फत समृद्धि ल्याउन सानीमा बैंक शाखा स्थापना गरिएकाले बैंक संचालक टिमलाई धन्यबाद दिए । उनले भने,विकासमा चाउचाउ उमाले जस्तो हुँदैन ।

अव यो जिल्ला विकट मात्र हैन । समृद्धितिर गएको छ । कालिकोटवासीले सहज रुपमा बैंक सुविधा पाउँन सानिमाले ग्राहकलाई अाकर्षण गर्ने सुविधा थप्न आग्रह गरे । जिल्लाका कृयाशिल राजनीतिक दलको तर्फबाट शाखा स्थापना गरेकोमा बधाई दिदै एमाले कालिकोटका अध्यक्ष नेशनल शाहीले अव कालिकोटवासीले सानिमा बैंक पाएकाेमा खुसी भएको बताए । उनले आर्थिक समृद्धिका लागि कालिकोटमा उत्पानदन हुने र किनबेच गर्ने स्थानीयको क्षमताका आधारमा बैंकले कारोबार गर्नु पर्ने बताए । सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले कर्णाली विकट भन्ने इतिहाँसमा मात्र भएको सुनाए । उनले अव विकट नभई आर्थिक उन्नती र समृद्धितिर कर्णालीको कालिकोट अगाडि बढेकाले सानिमा बैंकको शाखा स्थापना भएको बताए । सानीमा बैंकका संचालक भरतकुमार पोखरेलको अध्यक्षतामा उद्घाटन गरिएको थियो । साथै सक्षम नामक संस्थाले सानीमा बैंकसंग सहकार्य गर्दै आएको छ ।

Next Post

तिला कर्णालीमा लक्ष्मण र भिमको भिडन्त

६ फाल्गुन २०७३, शुक्रबार १३:११
कालिकोटः तिला कर्णाली बहुमुखी क्याम्पसमा लक्ष्मणकुमार शाही र भिमप्रसाद आचार्यको चुनावी भिडन्त हुने भएको छ । स्ववियु निर्वाचनको सभापती पदमा घम्साघम्सी भिड्ने भएका हुन् । जिल्लाको पहिलो पटक स्थापना भएको क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघको सयुक्त प्यानलबाट लक्ष्मणकुमार हुन् । त्यस्तै अखिल क्रान्तिकारी,राप्रपा र विप्लव निकट विद्यार्थीको प्यानलबाट भिमप्रसाद […]