दिल्लीका मुख्यमन्त्री केजरिवालविरुद्ध एफआइआर आदेश जारी

१६ माघ २०७३, आईतवार १२:४४

दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालविरुद्ध एफआइआर आदेश जारी भएको छ । विधानसभा चुनावका बेला आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले उनीविरुद्ध एफआइआर आदेश दिएको हो ।

चुनावका बेला केजरिवालको भाषण विवादीत बनेको थियो । उनले त्यतिबेला कांग्रेर र भारतीय जनता पार्टीसँग पैसा लिए पनि भोट आफूलाई दिन अपिल गरेका थिए । ‘कांग्रेस र भारतीय जनता पार्टीका मान्छेहरु तपाइँहरुलाई पैसा बाँड्न आउँलान् । महँगाइलाई ध्यानमा राखेर पाँच हजारको सट्टा दस हजार माग्नुहोला, त्यो पनि नयाँ नोटसहितको,’ उनले भाषणमा भनेका थिए ।

यो बक्तब्यपछि निर्वाचन आयोगले केजरिवाललाई धम्की दिएका थिए । त्यसका बावजुद पनि उनले उक्त बक्तब्य दोहो¥याएको आरोप आयोगको छ ।

Next Post

माइतीघर मण्डलामा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फरर

१६ माघ २०७३, आईतवार १२:४४
काठमाडौं—नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आज माइतीघर मण्डलामा फहराइएको छ। सहिद दिवस अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका हुन्। कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको बताए। […]