कोरोना खोप काठमाडौं आइपुग्यो

१६ चैत्र २०७७, सोमबार १२:२८

काठमाडौं —चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको  कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।  चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको ८ लाख डोज खोप सोमबार बिहान आइपुगेको हो । आइतबार नेपाल एयरलाइन्सको विमान चाइना गएको थियो । आज बिहान बेइजिङ अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको विमान चाटर्ड गरेर खोप ल्याइएको हो ।

चीनले गत माघ १८ गते नेपाललाई तीन लाख मात्रा खोप सहयोग गर्ने निर्णय गरेको थियो । पछि फागुन १७ गते थप ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको हो । नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदान सहयोगमा उपलब्ध गराइसकेको छ ।  यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

यस खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी बताउँछन् । भेरोसेल खोप पनि दुई डोज लगाउनुपर्छ । पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ । खोप कुन समूह र कहाँका व्यक्तिलाई कसरी खोप लगाउने भन्ने बारे मन्त्रालयले अब तय गर्ने उनले सुनाए ।

Next Post

देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय

१६ चैत्र २०७७, सोमबार १२:२८
काठमाडौं – सरकारले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।  सोमबार बसेको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी […]