पानकलीमा धमालाकाे हमला

१ माघ २०७३, शनिबार १०:४२

कालिकोट,माघ–१ खस भाषाको पहिलोे नेपाली कथानक चलचित्र पानकली निर्माण भएको छ । कर्णालीको बिगतमा दलित महिलाहरुले भोग्नु परेको समस्याका बिषयलाई चलचित्र कथामा उतारिएको हो ।
नेपाली खस भाषाको जन्मथलो कर्णालीलाई केन्द्र बिन्दु बनाएर निर्माण गरिएको खस भाषाको चलचित्र पानकली पश्चिम नेपालको जुम्ला, कालिकोट, कैलाली, सुर्खेत र बर्दिया च्यारोटी सो गरेर सार्वजनिक गरिएको चलचित्र काठमाडौंमा च्यारोटी सो गर्ने तयारी रहेको छ ।
सुदुर तथा मध्यपश्चिमकी एक महिलाले भोग्नु पर्ने बाध्यतालाई कथामा उतार्ने प्रयास गरिएको र पश्चिम क्षेत्रका आम मानिसको मन मुटुमा यो चलचित्रले छनुे खालको रहेको चलचित्रका निर्देशक तथा कथालेखक खगेन्द्र न्यौपानेले बताए । ‘हामीले मध्य तथा सुदरका दलित महिलाले भोग्नु परेका समस्या चलचित्रमा उतारिएको छ ।’ उनले भने,–‘यहाँमा महिलाहरुको समस्याका बिषयमा चलचित्रमा उतारिएको छ ।’
कर्णालीकी महिलाले भोग्नुपर्ने बाध्यता, बालविबाह, बहुबिबाह, जातीय छुवाछुत बिरुद्धको शसक्त आवाज चलचित्र ‘पानकली’ रहेको निर्देशक न्यौपानेले बताए । ‘नेपाली खस भाषाको उद्भव स्थलमा खस भाषा र त्यही प्राकृतिक सुन्दरताले भरिपूर्ण भूमिमा छायांकन गरिएको चलचित्रले वास्तविकता ओकल्ने आश गरेकोछ ।’ उनले भने,–‘यसले कर्णालीका महिलाहरुको बिगतलाई बताउँछ ।’
चलचित्रमा पत्रकार कृष्णराज धमाला लाहुरे दर्जी तथा गायिका मनु अधिकारी पानकलीको मुख्य भूमिका रहेको निर्देशक न्यौपानेले बताए ।
पत्रकारितामा लामो समयसम्म क्रियाशिल चलचित्रका नायकको भूमिका निर्बाह गरेका कृष्णराज धमाला लाहुरे दर्जीले चलचित्रमा पहिलो पटक भूमिका निर्बाह गर्दा केही अप्ठयारो भएपनि चलचित्रमार्फत दिन खोजेको सन्देशले सबै पीडा बिर्साएको भन्दै समाजका बिकृति, बिसंगती अन्त्य गर्ने अभियान नै भएको चलचित्रका नायक कृष्णराज धमलाले बताए । ‘मैले के कस्तो भूमिका निर्बाह गरेको छु त्यो सकेपछि मात्रै थाहा हुनेछ ।’ उनले भने,–‘चलचित्रमा केही अन्याय गरे पनि समाजका लागि भने पूर्ण न्याय गरेको छ ।’
चलचित्रकी नायिका मनु अधिकारीले एक नारीले जीवनभरी भोग्नु पर्ने पीडालाई आफूले सक्दो उतार गरेको भन्दै हिउँ परिरहेको अबस्थामा पनि छायांकनमा जुट्दा केही पीडा भएपनि यसले दिन खोजेको एउटा दलित महिला भोग्नुपर्ने पीडा चलचित्रमा उतारिएको बताइन् ।
समाज भित्रको वास्तबिकता सामाजिक कुसस्कार, कुरीति र महिला हिंसालाई नेपाली भाषाको पहिचानका लागि यो चलचित्र निर्माण गरिएको निर्देशक न्यौपानेको दाबी छ ।

Next Post

काेटवाडामा परिक्षण उडान गरेरै छाेड्ने पर्यटन मन्त्री शाहीकाे प्रतिबद्धता

१ माघ २०७३, शनिबार १०:४२
कालिकोट,माघ १ संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीले दोस्रो पटक तिन दशकदेखि निर्माणाधिन विमानस्थलको अनुगमन गरेका छन् । गत भदौमा पनि मन्त्री शाहीले हेलीकप्टर लिएर जिल्लाको सुनथराली विमानस्थल कोटवाडाकाे अनुगमन गरेका हुन । हुम्लाको खार्पुनाथ मन्दीर उद्घाटन गरि फर्किएर हेलीकप्टर टेकअप गरी शनिवार छड्के अनुगमन गरिएको हो । विमानस्थलको अनुगमन […]