कालिकोट: जिल्लामा पहिलो पटक ‘होम स्टे’ घरवास ब्यवस्थापन सम्वन्धि तालिम सम्पन्न भएको छ । सामाजिक यूवा कार्य कालिकोट नेपालको आयोजना,नेपाल पर्यटन बोर्डको सहयोगमा तालिम सम्पन्न भएको हो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्थानीय स्तरमा घरवासको सेवा सुविधा उपलव्ध गराउन र घरवास बारे जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । विगतदेखि नै जनचेतना मुलक कार्यक्रम गर्दै आएको संस्थाले जिल्लामा पर्यटक आगमन हुँदा स्थानीयले राम्रो सम्मान र स्वागत कसरी गर्ने भन्ने विषयमा तालिम केन्द्रित रहेको थियो । तालिममा होटल व्यवसायमा संलग्न भएका व्यक्तिहरुको धेरैजसो सहभागीता रहेको थियो । घरवास स्थापना कसरी गर्ने,घरवासका विशेष्ता के हुन ? जस्ता तालिमका विषयवस्तु रहेको आयोजकले बताएको छ ।
संस्थाका अध्यक्ष भरतबहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको तालिममा होम स्टे सम्वन्धि होटल व्यवसायीहरुले राम्रो जानकारी लिएका छन् । जिल्लामा पर्यटक आउँदा पर्यटकलाई सुहाउदो वातावरण र स्थानीय स्तरमा उनिहरुले चाहेको सेवा उपल्ध गराउन आफु प्रतिबद्ध रहेका तालिममा सहभागी होटल व्यवसायीहरुले बताएका छन् । पहिलो पटक आयोजना गरिएको तालिममा सहभागीे उत्साहजनक रुपमा सहभागी देखिएका आयोजकले बताएको छ । नेपाल पर्यटन बोर्डले फेरी पनि यस्तै तालिमको आयोजना गर्न जरुरी रहेको सहभागीले बताएका छन् ।