कालिकोट— क्रियाशील पत्रकार मञ्च नेपालले कालिकोटमा शाखा विस्तार गरेको छ । ६ नम्वर प्रदेशको सुर्खेतमा मुख्य कार्यालय भएको मञ्चले जिल्लामा तेस्रो शाखा विस्तार गरेको हो । दैलेख र जाजरकोट जिल्लापछि कालिकोटमा शाखा विस्तार गरेको छ ।
क्रियासिल पत्रकार मञ्च नेपाल कालिकोट शाखाको अध्यक्षमा पत्रकार रमेश रावल चयन भएका छन् । पत्रकार रावल नेपाल टेलिभिजन, थाहाखबर अनलाइन, कारोबार दैनिकलगायतका मिडियामा आवद्ध छन् ।
त्यस्तै उपाध्यक्षमा जनता टेलिभिजन, जनता अनलाइन, नेपालगाथा अनलाइन र धरातल अनललाईनमा कार्यरत अप्सरा बिष्ट रहेकी छन् । सचिवमा रेडियो चंखेलीका समाचार प्रमुख विश्वनाथ सिम्खाडा, सहसचिवमा रेडियो चंखेलीमा कार्यरत रमेश सुनार, कोषाध्यक्षमा रेडियो मालिकामा कार्यरत साधना शाही रहेकी छन् ।
त्यस्तै सदस्यमा लक्ष्मी तिमिल्सेना र कर्ण विक सहित ७ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । क्रियासिल पत्रकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष ललित बुढाको उपस्थितीमा शाखा विस्तार गरिएको हो । अप्सरा बिष्टको अध्यक्षतामा आयोजनजा गरिएको कार्यक्रममा प्रमुख अतिथी खाँडाचक्र नगरपालिका मेयर जसीप्रसाद पाण्डे रहेका थिए । मञ्चका केन्द्रिय अध्यक्ष ललित बुढाले क्रियासिल पत्रकारहरुको क्षमता विकास गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए । अध्यक्ष बुढाले भने, ‘६ नम्वर प्रदेशका १० वटै जिल्लामा शाखा विस्तार गरिने छ ।’


