पत्रकार शाहीलाई दैलेखका डेकेन्द्र थापाजस्तै हालत बनाउने धम्की, प्रेस चौतारीद्धारा धम्कीको भत्सर्ना

१७ फाल्गुन २०७३, मंगलवार १७:३३

कालिकाेट : प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष पवित्रकुमार शाहीलाई सामाजिक संजालमार्फत धम्की आएको छ । प्रेस चौतारी नोपल कालिकोटले प्रेस विज्ञप्तीमार्फत अराजक व्यक्तिहरुले सामाजिक संजाल (फेसवुक) मार्फत ज्यान मार्ने धम्कीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

फेसवुकमा मार्फत मनसिंह शाही, विरेन्द्र आचार्य, प्रभानन्द आचार्य र नरेन्द्र कालिकोट नाम गरेका ब्यक्तीले सामाजिक संजाल मार्फत पत्रकार शाहीलाई दैलेखका डेकेन्द्र थापाको जस्तै हालत बनाउने धक्की दिएका हुन । २०७३ साल फाल्गुण १६ गते कालिकोटको सदरमुकाम मान्ममा विद्यार्थी संगठनको दोहोरो झडवको समाचारलाई लिएर धम्की दिइएको प्रेस चौतारी नेपाल कालिकोटका सचिव खडानन्द अधिकारीको हस्ताक्षर विज्ञप्तीमा लेखिएको छ ।

मनसिंह शाहीले दिएकाे धम्की
मनसिंह शाहीले दिएकाे धम्की

पत्रकार शाहीले नागरिक दैनिक, एभिन्युज टेलिभिजन र मिसनईन्युज डट कम अनलाईन पत्रिकामा स्ववियु निर्वाचन अधिकृतलाई कालो मुसो, विद्यार्थी संगठनविच झडव १२ जना घाईते शिर्षकमा समाचार सम्प्रेशण गरेका थिए ।
मिसनइन्युज डटकम अनलाई पत्रिकाका सम्पादक समेत रहेका पत्रकार शाहीलाई मिसनईन्युज डटकम पत्रिकाको कमेन्ट र स्वयम आफ्नै स्टाटस मार्फत ज्यानमार्ने धम्की आएको बताएका छन् । जिल्लाको सदरमुकाम मान्ममा स्ववियु निर्वाचनको विषयमा विद्यार्थी संगठन विचको विवादपछि भएको झडवको समाचार संकलन तथा प्रकाशनको विषयमा लिएर धम्की आएको हो ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी समर्थक व्यक्तिहरुले सामाजिक संजाल मार्फत पत्रकारलाई धम्की दिने अंगभंग गर्ने र दैलेखका पत्रकार डेकेन्द्र थापाको हालत जस्तै बनाइदिने धम्कीप्रति प्रेस चौतारी नेपाल कालिकोटको गम्भिर ध्यानआकर्षण भएको विज्ञप्तीमा छ ।

व्यवसायीक पत्रकारिताको मर्म अनुसार समाचार संकलन र सम्प्रेशणमा सक्रिय पत्रकार माथि भएको धम्कीको घोर भत्र्सना गर्दै सामाजिक संजालको दुरुपयोगमा संलग्नकर्तालाई साईवर कानुन अनुसार पक्राउ गरि तत्काल कार्वाहीको जोडदार माग गर्दछौ विज्ञप्तीमा लेखिएको छ ।

सम्वद दल नेकपा माओवादी केन्द्रसंग यस विषयमा आधिकारिक धाराणसहित संलग्नलाई कार्वाही गर्न माग गर्दछौ । अन्यथा पत्रकार माथि सुरक्षाको वेवास्ता गर्दै यस्ता खाले हर्कत नरोकिएमा माओवादी केन्द्रका समाचार बहिस्कार गर्ने प्रेस विज्ञप्ती मार्फत जानकारी गरिएको छ । साथै स्थानीय प्रशासन तथा प्रहरीलाई जिल्लामा रहेका सम्पुर्ण पत्रकारको सुरक्षाको माग गर्दै दोसीलाई कार्वाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

Next Post

स्ववियु चुनाव, ६० मध्ये २३ कलेजमा

१७ फाल्गुन २०७३, मंगलवार १७:३३
काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि प्रक्रिया अघि बढाइसकेका त्रिभुवन विश्वविद्यालयका कलेजहरूमा बुधबार (फागुन १८) निर्वाचन हुने निश्चित भएको छ। विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापामगरका अनुसार विश्वविद्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रक्रिया सुरु गरेका कलेजहरूमा फागुन १८ मा स्ववियु चुनाव हुन्छ । उनले […]