प्रतिनिधिसभा बैठक

संसदमा प्रधानमन्त्रीको खोजाखोज

मिसन न्यूज ३० बैशाख २०८३, बुधबार १२:४०

काठमाडौं । प्रतिनिधिसभा बैठकमा निश्कल राई ले सदनमा बालेन्द्र शाह अनुपस्थित रहेको भन्दै आपत्ति जनाएका छन् । उनले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने भन्दै सभामुखसँग रुलिङको माग गरे।

राईले अघिल्लो दिन आफ्नो दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी माग गरेको पनि स्मरण गराए । यसअघि नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने अपेक्षा गरिएको थियो। तर संशोधित कार्यसूचीअनुसार अब जवाफ स्वर्णिम वाग्ले ले दिने भएका छन् ।

Next Post

प्रधानमन्त्री बालेन्द्र शाहले संसद बैठकमा नबोल्ने

३० बैशाख २०८३, बुधबार १२:४०
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आजको संसद बैठकमा नबोल्ने बुझिएको छ । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज जवाफ दिने संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची छ । प्रधानमन्त्री शाहको जवाफपछि नीति तथा कार्यक्रम आजैको बैठकमा निर्णयार्थ पेश गरिने बताइएको थियो । तर,हिजो सांसदहरुले उठाएका प्रश्नको उत्तर अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले […]