स्वाइन फ्लुबाट एककाे मृत्यु, ४२ विरामी संकास्पद

२८ भाद्र २०७४, बुधबार १७:०४

सुर्खेत – सुर्खेतमा स्वाइन फ्लु रोगबाट संक्रमित भएका एक विरामीको भारतको लखनउमा मृत्यु भएको पुष्टी भएको छ । गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीय नन्दलाल डाँगीको उपचारको क्रममा लखनउमा मृत्यु भएको हो । डाँगीको स्वाइन फ्लु रोगबाट नै मृत्यु भएको पुष्टी शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण काठमाडौंबाट सुर्खेत आएको टोलीले गरेको छ ।

सुर्खेतमा उनको उपचार हुन नसकेपछि थप उपचारको लागि भारत रिफर गरिएका डाँगीको मृत्यु भएको सहारे स्वास्थ्य चौकीका इन्चार्ज किरण ओलीले जानकारी दिए । उनकाे नाम भने गाेप्य राखिएकाे छ । उनले थप एक जनामा स्वाइन फ्लु भेटिएको पुष्टि भएपछि उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज टफिकल तथा सरुवा रोग अस्पताल पठाइएको बताए ।

काठमाडौंबाट रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठनका डा. किरण चौलागाईको टोली सहारे आएको थियो । सोही टोली स्वाइन फ्लुबाटै डाँगीको मृत्यु भएको पुष्टी गरेको हो ।

इन्चार्ज ओलीका अनुसार सहारे स्वास्थ्य चौकीमा हाल ४२ जना संकास्पद विरामीहरुको उपचार भइरहेको छ । महामारीको रुपमा रोग फैलन नदिन सजकता अपनाएको ओलीको भनाई छ ।

उनले गम्भीर प्रकृतीका विरामी भएमा तत्काल काठमाडौं लैजाने गरी प्रवन्ध मिलाएको बताए । तत्काल स्वाइन फ्लुका विरामीका लागि आवश्यक औषधी समेत मौज्दात अवस्थामा राखिएको उनको भनाई छ । पश्चिम नेपालबाट

Next Post

यसरी मनाइयो, संविधान दिवश

२८ भाद्र २०७४, बुधबार १७:०४
काठमाडौं- संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विविध कार्यक्रम भएको छ। तेस्रो वार्षिक दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विशिष्ठ व्याक्तिहरुको उपस्थिति थियो। कार्यक्रममा नेपाली सुरक्षा निकाय, सांस्कृतिक समूह र खेलाडिहरुले विषेश प्रस्तुति दिएका थिए।