कालीकोटमा ओली पक्षको भेला, पार्टी र सुर्य चिन्हमा दोधार नहुन अपिल

१५ पुष २०७७, बुधबार १६:३८

कालीकोट– केपी शर्मा ओली नेतृत्वको नेकपा जिल्ला कमिटि कालिकोटले अगुवा कार्यकर्ता भेला गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा रहेका अगुवा नेता कार्यकर्ता भेला सदरमुकाम मान्ममा संचालन गिरएकाे हाे ।

नेपाल कम्यूनिस्ट पार्टी फुटको अन्तिम संघारमा भएका वेला कालिकोटमा ओली पक्ष सक्रिय बनेको छ । प्रचण्ड–माधव पक्षको समुहले सयुक्त भेला तथा कार्यक्रम गरिरहेका छन् ।

जिल्लामा एक अर्काे टिमले नेता तानातान गर्ने हाेडवाजी कायम रहेकाे छ । ओली पक्षका जिल्ला कमिटि सदस्य एक जना पनि अर्काे समुहमा नगएको ओली पक्षले दावी गरेको छ । भेलामा सम्वोधन गर्दै नेकपाका केन्द्रीय सदस्य नगिन्द्र शाही (नेशनल) ले आधिकारिक पार्टी र चुनाव चिन्ह सुर्यमा दोधार नहुन अपिल गरेका छन् । नेता शाहीले भने, ‘संस्थापन पक्ष त्यसैमा पनि पहिलाे अध्यक्ष केपी शर्मा ओली भएकाले यसमा नेता कार्यकर्ताले सडक वालाकाे भ्रममा नपर्न समेत आग्रह गर्दछु ।’ भेलामा शाहीले थपे  ‘चुनाव चिन्ह माग्नेहरुले अब भरुवा बन्दुककाे चिन्ह लीएर जनता सामु गए हुन्छ ।’

कार्यकर्ता भेलामा केन्द्रीय सदस्य, धिरबहादुर बम, राजेन्द्र थापा, राष्ट्रिय सभा सदस्य नरपति सुनारको समेत सहभागीता रहेको छ । जिल्ला भेला सकिएपछि जिल्लाका सवै स्थानीय तहमा भेला गर्ने तयारी गरिएको जनाइएको छ । जिल्ला स्थित सबै जनवर्गिय संगठनको समेत भेला तथा प्रशिक्षण गरिने बताइएको  छ ।

Next Post

प्रधानमन्त्रीले नयाँ जनादेशको बाटो रोज्नु अग्रगामी कदम : खानेपानी मन्त्री थापा

१५ पुष २०७७, बुधबार १६:३८
सुर्खेत- खानेपानी मन्त्री मणि थापाले प्रतिनिधि सभा विगठन गरि सरकारले चुनावमा जाने तयारी गर्नु अग्रगामी कदम भएको बताए । संसद विघटन गरेर चुनाव घोषणाले स्थायित्व दिने प्रयास भएको मन्त्री थापाले बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संकटमुक्त गरेर नयाँ जनादेशमा जाने बाटो खुला गरेरको समेत मन्त्री थापाले बताए […]