कर्णाली कोरोना अपडेट: ७३ जनाको स्वाब नेगेटिभ

२७ चैत्र २०७६, बिहीबार ०९:३०

सुर्खेत-विश्वभर फैलिएको कोरोनो भाइरस सन्त्रासलाई कम गर्न कर्णाली प्रदेश अस्पतालले पुर्व तयारी तिव्र गरेको छ । कर्णालीका १० वटै जिल्लामा कोरोना भाइरसविरुद्ध उच्च सतरकर्ता अपनाइएको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतका दुई वटा क्षेत्रमा क्वारेन्टाइन निर्माण गरिएका छन् । कर्णालीका १० वटा जिल्लाका ७९ वटै स्थानीय तहमा कोरोना भाईरसको जोखिमबाट बच्चको लागि क्वारेन्टाइन निर्माण गरिएका हुन् । हालसम्म कर्णालीमा सवै नेगेटिप रिपोर्ट आएको प्रदेश अस्पतालले जनाएको  छ ।

भारत तथा अन्य देशबाट आएका नागरिकलाई सुरक्षित तथा व्यवस्थित ढंगले क्वारेन्टाइनमा राखिएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ । बुधबारसम्म ७३ जनाको कोरोना भाइरस (कोभिड–१९) को आंशकामा थ्रोड स्वाब परीक्षण गर्दा सबैको नेगेटिभ देखिएको छ । हालसम्म ३ सय जनाको नमुना स्वाब संकनल गरिएकोे प्रदेश अस्पतालले जनाएको छ ।

कर्णाली प्रदेश अस्पतालका प्रमुख डाक्टर डम्बर खड्काले कोरोनाविरुद्ध सवै तयारी गरिएको बताए । स्वास्थ्य प्रयोगशाला टेकु काठकाडौं र कर्णाली प्रदेश प्रयोगशालामा परीक्षण गरिएका ७३ जनामा नेगेटिभ रिपोर्ट आउनु कर्णाली सुखत खबर भएको अस्पतालका प्रमुख खड्काले बताए ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार स्वास्थ्य प्रयोगशाला टेकु काठकाडौंमा र कर्णाली प्रदेश प्रयोगशालामा कोरोनाको आंशकामा थ्रोड स्वाब परीक्षण गरिएको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लगडाउनको पुर्ण रुपमा कार्यान्वयन भएको प्रहरीले दावि गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विरेन्द्रनगरमा कडा निगरानी गरेको छ ।

अति आवश्यक काम भएका वाहेक कसैलाई पनि घर बाहरि निस्कन दिएको छैन् । नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई नागरिकले आफैमा अनुशासन देखाएका सुरक्षाकर्मीले बताएका छन् । कोरोना भाइरसको प्रतिकारका लािग कर्णालीवासीले घरमै बसरे लकडाउनलाई स्वीकार गरेका छन् । कोरोना सन्त्रासले देशभरसँगै कर्णालीलाई पनि सचेत बनाएको छ । कर्णालीमा कोरोना महामारीको रोकथाम र पुर्व तयारीका लागि व्यापक सचेतना जोगाइएको छ ।

Next Post

नेकपा कालिकोटको अपिल : कोरोनाविरुद्धको लडाई घरबाटै लडौं

२७ चैत्र २०७६, बिहीबार ०९:३०
कालिकाेट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटले कोरोना भाइरस विरुद्ध एकजुट भएर लड्न जिल्लावासी सबैलाई अपिल गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न सिंगो राष्ट्र एक भएको वेला जिल्लामा पनि एकजुट भएर लड्न नेकपा कालिकोटले अपिल गरेको हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमण ९ जना देखिएपछि थप जोखिम हुनेहुँदा […]