साझा यातायातलाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

९ माघ २०७६, बिहीबार १६:११

काठमाडौँ – सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले सो संस्थाले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको हुँदा साझालाई दिइएको ३ अर्ब रुपैयाँ र सो रकम उपलब्ध गराइएको समयदेखि हालसम्मको ब्याज सहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् ।

२०७६ को असार २४ र २९ गतेको निर्णय अनुसार साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारको तर्फबाट शेयरबापत ३ अर्ब रुपैयाँ लगानी गरी पैसा दिइएको थियो ।  साझा यातायातले सो काम गर्न नसकेपछि त्यसको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको छ । मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने–‘२०७५ पुस ९ गते वातावरणमैत्री विद्युतीय बस प्राविधिक विवरण लागत अनुमान सहित सर्त समेत तय गरी विद्युतीय बस खरिदका लागि भौतिक तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको छ । त्यसका लागि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई ३ अर्ब दिने निर्णय गरिएको छ ।’

Next Post

राष्ट्रियसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपाको विजय

९ माघ २०७६, बिहीबार १६:११
सुर्खेत- राष्ट्रियसभाको निर्वाचन कर्णाली प्रदेशबाट नेकपा गठबंधनको उम्मेदवार माया प्रसाद शर्माले ३६४८मत ल्याई विजयी भएका छन् । भने नेपाली कांग्रेसका डिल्लीराम पाठकले १०२६ मत ल्याएर प्रजित भएका हुन् । महिला तर्फको उम्मेदवारमा नेकपा गठबन्धनकी सुमित्रा वि.सी. ३६८४ मत ल्याएर बिजयी भएकी छन् । भने उहाँको एकमात्र निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेस की […]