राष्ट्रियसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपाको विजय

९ माघ २०७६, बिहीबार १९:०४

सुर्खेत- राष्ट्रियसभाको निर्वाचन कर्णाली प्रदेशबाट नेकपा गठबंधनको उम्मेदवार माया प्रसाद शर्माले ३६४८मत ल्याई विजयी भएका छन् । भने नेपाली कांग्रेसका डिल्लीराम पाठकले १०२६ मत ल्याएर प्रजित भएका हुन् ।

महिला तर्फको उम्मेदवारमा नेकपा गठबन्धनकी सुमित्रा वि.सी. ३६८४ मत ल्याएर बिजयी भएकी छन् । भने उहाँको एकमात्र निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेस की गणेश कुमारी बस्नेतले १०२६ मत ल्याएर प्रजित भएकी हुन् ।

विजयी शर्मा जाजरकोट र विसी सुर्खेतका हुन् । प्रतिद्वन्दी नेपाली काँग्रेसका डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले समान एकहजार २६ मत प्राप्त गरे । दुइ मत भने बदर भएको निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए । यति वेला कर्णाली प्रदेश राजधानी निर्वाचन स्थिलमा विजय जुलुस मनाइ रहेका छन् ।

Next Post

८ लाख रंगेहात घुससहित अख्तियारको फन्दामा गाउँपालिका अध्यक्ष केसी

९ माघ २०७६, बिहीबार १९:०४
सुर्खेत – अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतले ८ लाख घुससहित गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको छ । जाजारकोट जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीलाई सुर्खेत कटकुवा हेल्थ पोष्टको घण्टाघर अगाडी रंगेहात पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नका लागि अख्तियारमा उजुरी गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतले जनाएको छ । निर्माणको रकम […]