छक्कापञ्जा झुर भन्नेलाई दीपकराज गिरिका तीन तर्क

१२ माघ २०७३, बुधबार ०३:३५

काठमाडौं— चर्चामा आएसँगै विवादित बनेको छक्कापञ्जा फिल्मबारे त्यसका मुख्य लगानीकर्ता दीपकराज गिरिले तीन तर्क सार्वजनिक गरेका छन्।

फेसबुकमा सट्याटस लेख्दै उनले विदेशी फिल्म अगाडि टाउको उठाएको फिल्मलाई समाप्त पार्न खोजिएको बताएका छन्।

फेसबुकमा लेखेको लामो स्ट्याटसको संक्षेप

१. फिल्म भनेको फिल्म हो यसमा वास्तविकतासँगै कल्पनाशीलता पनि हुन्छ। त्यसैले छक्कापञ्जालाई उडाइनु जायज होइन।

२. शिक्षा दिन मात्र फिल्म बनाइँदैन। फिल्म मनोरञ्जनको माध्यम हो। मनोरञ्जन यसको पहिलो प्राथमिक विषय हो।

३. नेपाली फिल्म उद्योगमा एउटा फिल्मले राम्रो गर्‍यो भनेपछि प्रहार सुरु भएको हो। चलेका सिनेमा जति सबैलाई झुर भन्ने भए के नेपाली चलचित्र उद्योग समाप्त पार्ने भन्ने हो त?

दिपकराज गिरिले फेसबुकमा गरेको स्ट्याटसमा नेपाली दर्शकले हिन्दी सिनेमालाई राम्रो भन्ने गरेको गुनासो पनि गरेका छन्। ‘यदि कुनै नेपालीले दंगल बनाएको दर्शकले भन्ने थिए २ वटा नाबालक छोरीमाथि अन्याय गर्ने? चुप लागेर बस्ने उमेरमा कुस्ती खेलाउने? यो बालअधिकार हनन् हो’, उनले भनेका छन्।

युट्युबमा अपलोड गरेसँगै छक्कापञ्जा हेर्ने दर्शक अझ धेरै भएका छन्। तर युट्युबमा राखेसँगै फिल्मको आलोचना गर्नेहरु पनि बढेका छन्। अपलोड गरेको ९ दिनमा युट्युबमा छक्कापञ्जा ५८ लाख पटक हेरिएको छ।

फिल्मले युवा वैदेशिक रोजगारीमा जाने र श्रीमतीसँग अरुले नै रोमान्स गर्ने कथावस्तुलाई हाँस्यभावमा प्रस्तुत गरेको छ।

Next Post

भारतीय वैज्ञानिककाे नजरमा विश्व शिखर सगरमाथा

१२ माघ २०७३, बुधबार ०३:३५
गत वर्ष वैशाखमा गएको विनाशकारी भूकम्पले सर्वोच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको जान्न भारतीय वैज्ञानिकहरुले यसको उचाइ नाप्ने भएका छन् । भूकम्पका कारण सगरमाथाको उचाइ घटेको स्याटेलाइट तथ्यांकमा देखिएको थियो । आधिकारीकरुपमा सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर छ । गत वर्ष वैशाखमा गएको ७ दशमलब ८ […]

You May Like