भारतीय वैज्ञानिककाे नजरमा विश्व शिखर सगरमाथा

१२ माघ २०७३, बुधबार ०३:३९

गत वर्ष वैशाखमा गएको विनाशकारी भूकम्पले सर्वोच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको जान्न भारतीय वैज्ञानिकहरुले यसको उचाइ नाप्ने भएका छन् । भूकम्पका कारण सगरमाथाको उचाइ घटेको स्याटेलाइट तथ्यांकमा देखिएको थियो । आधिकारीकरुपमा सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर छ । गत वर्ष वैशाखमा गएको ७ दशमलब ८ रेक्टरको विनाशकारी भूकम्पले नेपालमा हजारौंको ज्यान गएको थियो ।

भारतीय सर्वेक्षण संस्थाका प्रमुख स्वर्ण सुब्बा रावले भूकम्पले सगरमाथाको उचाई घटाएको बारे वैज्ञानिकहरुबीच रहेको द्विविधि निक्र्यौल गर्न टोली पठाइने बताए । ‘हामीले सगरमाथाको पुर्नमापन गर्नेछौं’, रावलाई उद्धृत गर्दै भारतीय सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले लेखेको छ,‘टोलीले दुई महिनामा काम सुरु गर्नेछ ।’ ‘भूकम्प गएको दुई वर्ष भइसकेको छ तर वैज्ञानिकहरुमाझ सगरमाथाको उचाई घटे नघटेको द्विविधा कायमै छ ।’ काम सुरु गरेको डेढ महिनामा सगरमाथाको उचाईबारे तथ्यांक सार्वजनिक हुनेछ । अर्का अधिकारीले एफपीलाई जानकारी दिए अनुसार ५ सदस्यीय टोलीले यो जाडोको अन्तिमतिर मापनको काम थाल्नेछ ।

Next Post

शोषणले बढायो विदेशमा आत्महत्या

१२ माघ २०७३, बुधबार ०३:३९
काठमाडौं-वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या वृद्धि हुनु अब धेरैलाई सामान्य लाग्न थालेको छ। किनकि, दैनिक १२ देखि १५ सय युवा वैदेशिक रोजगारीमा गइरहेका बेला दैनिक ३ देखि ४ वटा शव विदेशबाट आउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ। वैदेशिक रोजगारीमा गएर आफू र परिवारको […]