रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान हुन्छ: प्रहरी

२९ श्रावण २०७६, बुधबार २०:०८

काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पीडित परिवारले किटानी जाहेरी दिएमा पत्रकार रवि लामिछानेसहित तीन जना पक्राउ पर्ने भएका छन् ।चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले किटानी जाहेरी दिएमा आरोपित तीन जना पक्राउ पर्ने बताएका छन् ।

पुडासैनीको भिडियो बाहिरिएपछि मल्लले पुडासैनीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाही हुने बताए । उनले भने, ‘हामीले पहिलो चरणमा घटनाको अनुसन्धान गर्छौं । किटानी जाहेरी आएमा पक्राउ गर्छौं । आत्महत्या गर्न बाध्य पारिएको फेला परेको छ । अब पीडित परिवारले किटानी दिए  पक्राउ गरेर अनुसन्धान हुन्छ।’

किटानी जाहेरी नपरेमा डिजिटल ल्याबको रिपोर्टका आधारमा उनीहरुलाई बोलाउने र नआएमा पक्राउ गरेरै भए पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ । नेपाल प्रहरीको डिजिटल ल्याबको रिपोर्ट भोलि चितवन आइपुग्ने र त्यसैका आधारमा थप अनुसन्धान गरिने मल्लको भनाई छ ।

भिडियोमा चर्चित सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । पुडासैनीले तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको भिडियोमा भनेका छन् । पत्रकार  पुडासैनीकाे आत्महत्या प्रकरणमा रविमाथि अनुसन्धान जारी भएककाे छ । नागरिक खबरबाट

Next Post

विप्लव समुहद्वारा मुख्यमन्त्रीलाई लक्षित गरी कालिकोटमा फेरि बम विस्फोट

२९ श्रावण २०७६, बुधबार २०:०८
कालिकोट – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी आज पनि बम विस्फोट गरेको छन् । कालिकोटको रास्कोटमा दुई वटा वम विस्फोट गरेका छन् । मुख्यमन्त्री शाहीको गृहस्थान नानीकोट कोटिलागाँउबाट रास्कोटको एक कार्यक्रमको उद्घाटन गर्न हिँडेका शाहीलाई लक्षित गरी रास्कोटको कृर्षि जेटिय कलेज […]