कालिकोट कारागारबाट कैदी फरार

१२ चैत्र २०७३, शनिबार १८:४२

कालिकोट चैत्र १२ । जिल्ला कारागार कालिकोटबाट एक जना कैदी फरार भएका छन् । महावै गाउँपालिका (साविकको ओदानकु–५) हेमन्त भनेर चिनिने बलबहादुर शाही फरार भएका हुन् ।

जिल्ला कारागार कालिकोटमा अपहरण र कर्तब्य ज्यान मुद्दामा ८ बर्षदेखि जेल सजाय भोगिरहेका शाही शुक्रबार बिहान बजारमा समान किन्न गएको बेला फरार भएको जिल्ला कारागार कालिकोटका जेलर संजय महत्तोले बताए । ‘बजारमा समान किन्न गएको बेला फरार भएका हुन् ।’ उनले भने,–‘लामो समयदेखि जेल रहेका शाहीले सबैको विश्वास जितेका थिए ।’

कारागारमा कामदारको रुपमा रहेका शाही २०७३ साल जेठ भुक्तान गरि छुट्ने समय भएको बेला भागेको जेलर महत्तोले बताए ।

कारागार फरार रहेका शाहीको खोजीकार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

Next Post

स्थानीय चुनावमा भोट कसरी हाल्ने ? पढ्नुहोस् ध्यानदिनुपर्ने ४ कुरा

१२ चैत्र २०७३, शनिबार १८:४२
१३ चैत, काठमाडौं । १३ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्र कस्तो होला ? एकजनाले कति ठाउँमा छाप लगाउनुपर्ला ? यसबारे धेरै मतदाताहरु अझै पनि दुविधामा छन् । मतदान गर्न करिब ५० दिनमात्र बाँकी रहँदा मतदाताहरुमा मतदान प्रक्रियाबारे अझै अन्योल हटेको छैन । उसोभए आगामी निर्वाचनमा कसरी […]