कालिकोट- तत्कालीन नेकपा एमालेबाट निर्वाचित प्रदेशसभाका सांसद कुर्मराज शाहीले मिसन न्युजसँग बलियो जबाफ दिएका छन् । प्रसँग पुस ८ गते राती कालिकोटको पलाँतामा भएको भिषण आगलागीको हो । आगलागीबाट पीडित बनेका खाँडावासीको उद्धारका लागि प्रतिनिधिसभा सांसद दुर्गबहादुर रावत र प्रदेशसभाका सांसद कुर्मराज शाही आगलागी भएको पलाँता खाँडा पुगेका थिए । हेलीकप्टरबाट अग्नी पीडितको उद्धार र राहतका लागि दुवैजना सांसद खाँडा पुगेका हुन् । खाँडा पुग्दा उद्धारपछि स्थानीयसँग माननीयले दुवैजनाले फुलमाला र अभिर लगाएको तस्बिर सार्वजनिक भयो ।
तस्बिर सामाजिक सँजालमा सार्वजनिक भएपछि मिसन न्युजका सम्पादक पवित्रकुमार शाहीले आफ्नै फेसबुक स्टाटसमै पोष्ट गरे । ‘खाँडाका अग्नी पीडितसँग माननीयको रमिते’ भन्ने स्टाटसको बारेमा सांसद कुर्मराज शाहीबाट जबाफ आयो । ‘हामी कुनै खुसीयाली मनाउन खाँडा गएका हैनौँ । स्थानीय खाँडाका अग्नी पीडितले हामी बाँच्यौँ माननिय ज्यु, भन्दै विनासल्लाहमा फुलमाला र अभिर लगाएका हुन् ।’ कालिकाेट क्षेत्र ‘क’ बाट निर्वाचित सांसद कुर्मराज शाहीले भने, ‘मानवीय घटना नहुनु खुसीको कुरा हो । यदी मानविय घटना भएको भए यसरी खुसी साँटाँसाँट हुदैन थियो ।’ सामाजिक सँजालमा सार्वजनिक गरिएको तस्बिरलाई सकरात्मक बुझाइ गर्न सांसद शाहीले आग्रह गरेका छन् ।
कालिकोटबाटै निर्वाचित अर्का प्रतिनिधिसभाका सांसद दुर्गबहादुर रावतले पनि तस्बिरको विषयमा ठाँउको ठाँउ जबाफ दिएका छन् । ‘हाम्रै पहलमा हेलिक्टरको ब्यवस्था गरी अग्नी पीडितको राहत र उद्धारमा गएका हौँ ।’ सांसद रावतले भने, ‘बाँचेका सबै गाउँलेले खुसीयाली मनाउनु स्वभाविक कुरा हो । सार्वजनिक भएको तस्बिरलाई नकरात्मक दृष्टिले नहेरीदिन सबैलाई आग्रह गर्दछु ।’
राहत तथा उद्धारका लागि खटियो भनेर सांसद दुवैजनाले फुलमाला र अभिर लगाएको तस्बिर आफैबाट सार्वजनिक भएको थियो । पत्रकार पवित्र शाहीले सार्वजनिक गर्दा झनै तस्बिरका विषयमा टिका टिप्णी भएको थियो । सार्वजनिक तस्बिरमा धेरैले आलोचना गरेका थिए । कतिपयले मात्र सकरात्क कमेन्ट गरेका थिए । सामाजिक सँजालमा तस्बिर भाइरल समेत बनेको थियो । तस्बिर पोष्ट गर्नु स्वभाविक भएता पनि आगलागी घटना नसेलाउँदै यसरी तस्बिर सार्वजनिक नगर्दा नै राम्रो हुने पत्रकार शाहीको तर्क छ ।

