कालिकोट-
जिल्लाको सदरमुकाम मान्ममा शनिवार दिउसो ३ बजे देखी लगाएको कर्फयु अझै जारी रहेको छ । आईतवार विहान ८ बजे देखि १० बजेसम्म फुकुवा गरे पनि पुनः प्रशासनले अनिश्चितकालीन कर्फयु गरिएको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । आन्दोलनकारीसंगै बम र बन्दुक ल्याएर आक्रमण गर्ने सुचना आउँदा अनिश्त्किालीन कर्फयु गरिएको प्रजिअ गैह्रेले बताए ।
गृहमन्त्रालय बाट म्यादी प्रहरी हत्या बारे छानविन गर्न टोली आईतवार आजै जिल्ला पुग्ने उनले बताए । प्रजिअ गैह्रेले भने, ‘आन्दोलनमा घुसपैठ हुने खतरा भएपछि कर्फयु आदेश गरिएको हो । सुरक्षाको हिसावले कालिकोट जिल्ला अति संवेदनशिल भएकाले घटना थप घट्ने सम्भावना नहोस भनेर नै हो ।’
म्यादी प्रहरीलाई प्रहरीले गोली हानी हत्या गरेको बिषयलाई लिएर कालिकोटमा आन्दोलन चर्किएको थियो । सदरमुकाममा रहेका घरबाट बाहिर निक्लीने स्थानीयलाइ प्रहरीले दमन गर्ने र डन्डा प्रहार गरिरहेको छ ।
जिल्ला प्रशासनले शनिवार जिल्लाको स्थित तनावग्रस्त भएपछि कर्फयु लगाएको हो । शुक्रवार दिउसो म्यादी प्रहरी बिवेक ऐडीलाई प्रहरीले गोही हानी हत्या गरेको विषयलाई लियर तिन दिनसम्म आन्दोलन चर्किएको छ । शनिवार प्रदेश नम्वर ६ का क्षेत्रिय प्रशासक सुरेशमान प्रधानको नेतृत्वमा टोली घटना बुझ्न कालिकोट पुगेको छ । जिल्लाका राजनीतिक दल, नव निर्वाचित प्रदेश र प्रतिनिधिसभाका सांसद, नागरिक समाज लगायतको सयुक्त छलफल भएकोछ ।
जिल्ला प्रशासन कार्यालयमा वसेको छलफलमा रास्कोट नगरपालिका २ घर भएका मृतक बिवेक ऐडी माथि गोली प्रहार गरी हत्या गर्ने दोशीलाई छानविन गरी कडा कार्वाही गर्ने निर्णय भएको छ । घरबाही निक्लीन नपाएपछि स्थानीयलाई निकै समस्या भएको छ । त्यस्तै म्यादी प्रहरीको विमा अनुसार १५ लाख रुपैयाँ मृतकका आफन्तथले पानउने क्षेत्रिय प्रशासक सुरेशमान प्रधानले बताए ।
आन्दोलनमा घाइते भएकालाइ निशुल्क उपचार गर्ने र गोली प्रहार गरी हत्या भएको घटनाको गृह मन्त्रालयका सह सचिवको नेतृत्वमा छानविन समिति गठन गरी दोशी देखिएकालाई कानुन बमोजिम कडा कार्वाही गर्ने निर्ण भएको छ । शनिवार सदरमुकाम र काठमाण्डौंमा कालिकोटवासीले गरेका आन्दोलनलाई शान्त गर्न आग्रह गर्दैै गृह मन्त्रालयले मृतकका आफन्तलाई राहत स्वरुप १० लाख दिने निर्णय भएको प्रशासनले जनाएको छ ।
आईतवार जिल्ला प्रशासनले राहतका लागि विशेष सम्वोधन गरेर आन्दोलन फिर्ता लिन लगाउने प्रशासनको तयारी छ । मृतकका आफन्त र स्थानीयवासीको सदरमुकाम मान्ममा आन्दोलन जारी रहेको छ ।