शेखर कोइरालाको प्रस्ताव- अप्राकृतिक गठबन्धन छाडेर एक्लै चुनावमा जाऊँ

मिसन न्यूज २९ माघ २०७८, शनिबार ०७:२०

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हाल जारी गठबन्धनलाई अप्राकृतिक भन्दै एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफ्नो मन्तव्य राख्दै उनले एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका हुन् ।

‘मैले बिगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात रुख छापमै मतदान गर्न पाउनु पर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु,’ कोइरालाको भनाइ छ, ‘यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्श विपरित अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरुको न्यायोचित व्यबस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ ।’

एमसीसीबारे गठबन्धनमा सहमति नजुटे यसलाई संसदीय प्रकृयामा लगेर टुंग्याउनुपर्ने मत कोइरालाको छ। ‘एमसीसीलाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रकृयामार्फत यथाशीघ्र निकास दिनुपर्छ,’ उनको भनाइ छ, ‘यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रकृयामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरु तेर्सिने देख्दैछु ।’

Next Post

कालिकाेटका नवनिर्वाचित जनप्रतिनीधिले लिए शपथ

२९ माघ २०७८, शनिबार ०७:२०
कालीकोट- जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले सोमबार शपथ तथा पदभार ग्रहण गरेका छन् । गएकाे बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनीधिहरुले शपथ तथा पदभार ग्रहण गरेका हुन् । पालिका प्रमुख तथा अध्यक्षहरुलाई जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले सपथ ग्रहण गराएका छन् । […]